fतपाईलाई कुनै निश्चित समयमा आफ्ना फेसबुक प्रोफाईल वा पेजमा कुनै स्ट्याटस (status) फोटो (photo) वा लिंक (link) सेयर गर्नुछ, तर तपाई सो समयमा अर्कै काममा व्यस्त हुनुपर्ने छ अथवा तपाई आफ्नो उपस्थिती नै नभएको अवस्थामा पनि आफ्नो फेसबुक एकाउन्टमा केहि कुरा सेयर गराउन चाहानुहुन्छ भने यो लेख उपयोगी हुनसक्छ ।
यहाँ एउटा यस्तो Application ~ POSTCRON को बारेमा लेख्न गईरहेको छु , जसमार्फत तपाई आफू व्यस्त रहने समयमा पोस्ट गर्नुपर्ने फेसबुक स्ट्याटस, फोटो वा लिंकलाई सेट गरी चाहेको समयमा सजिलै पोस्ट गराउन सक्नुहुन्छ ।

PostCron ले हामीलाई आफ्ना फेसबुक प्रोफाईल वा पेजका पोस्टहरु पछिको समयका लागि Schedule गर्न सहयोग गर्दछ । अरु यस्तै applications हरुभन्दा चलाउन सजिलो र आफूले schedule गरेकै समयमा पोस्ट गरिदिने हुँदा PostCron अरुभन्दा लोकप्रिय बन्दै गइरहेको छ ।

PostCron मार्फत फेसबुक पोस्टहरु Schedule गर्नका लागि निम्न अनुसार गर्नुहोस् :

Step 1

सबैभन्दा पहिला http://postcron.com वा http://apps.facebook.com/postcron मा जानुहोस, तल दिइएको जस्तो पेज खुल्नेछ :

postcron

Register गर्नका लागि 'Facebook' Button मा Click गर्नुहोस । Application Access का लागि Permission माग्दा Allow मा Click गर्नुहोस ।

Step 2

त्यसपछि तलको जस्तो पेज देख्नुहुनेछ ।

postcron2

'Free Subscription' (U$D 0 x Month) छान्नुहोस जसमार्फत एकपटकमा १० ओटासम्म Post लाई Schedule गर्न सकिन्छ ।

Step 3

अब आफ्नो प्रोफाईल वा कुन पेजमा पेजमा पोस्ट गराउने हो छान्नुहोस र आफ्नो स्ट्याटस फोटो वा लिँक राख्नुहोस ।

postcron3

र अन्त्यमा कुन मिति र समयमा पोस्ट गराउन चाहानुहुन्छ Adjust गरी Schedule गर्नुहोस । Auto Schedule छान्नुभयो भने क्रममा रहेका सबै पोस्टहरु सेयर भईसकेपछि Postcron ले स्वतः तपाईको पोस्ट Share गरिदिनेछ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top