पछिल्लो समय खासगरी मोबाइलमा इन्टरनेट चलाउने हरुबीच निकै लोकप्रिय बन्दै गएको इन्टरनेट एप्लिकेसन निम्बजले आउँदो २ वर्षभित्रमा आफ्ना प्रयोगकर्ताको संख्या ४० करोड पूराउने लक्ष्य राखेको छ ।
अहिले विश्वका ८० देशमा गरी १० करोड भन्दा बढि प्रयोगकर्ता रहेको नेदरल्याण्डको यो इन्टरनेट टेलिफोन कम्पनी निम्बजले सन् २०१४ सम्ममा आफ्ना प्रयोगकर्ता ४० करोड पुग्ने अपेक्षा गरेको हो । निम्बज अहिले विश्वमा मोबाइल तथा वेभ कम्युनिकेसन स्पेसमा सबैभन्दा बढि प्रयोग हुने २० वटा इन्टरनेट प्लाटर्फम बन्न सफल भैसकेको छ ।
अब हरेक वर्ष यसका प्रयोग कर्ता दोब्बर पार्दै लगिने निम्बजका सिइओ विकाश सक्सेनाले बताएका छन् । ४० करोड प्रयोगकर्तामध्ये एक चौथाइ भारतका हुने अपेक्षा कम्पनीको छ । अहिले निम्बुजका १० करोड प्रयोगकर्तामध्ये पनि भारतका १ करोड ७० लाख छन् । त्यस्तै अमेरिकाका ६५ लाख, मध्यपर्ूवका ३ करोड, दक्षिण एसियाका अरु देशका १ करोड ४० लाख तथा अफि्रकाका १ करोड ३० लाख र युरोपका १ करोड प्रयोगकर्ता रहेको बताइन्छ ।
युवा वर्गबीच मोबाइलमै निशुल्क च्याट तथा कल गर्नका लागि निम्बुज निकै सजिलो प्लाटर्फम भएकाले मोबाइलमा निम्बुज एप्लिकेसन डाउनलोड गर्नेहरुको संख्या बढ्दै गएको छ । त्यसैले प्रयोगकर्ताको बढ्दो प्रयोगसँगै निम्बजले सेवा तथा फिचर्सहरु थप्ने योजना पनि बनाएको छ ।
याहु म्यासेन्जर, स्काइपी, ब्लाकबेरी म्यासेन्जर तथा ह्वाट्स अप जस्ता प्रतिस्पर्धी म्यासेजिङ एप्लिकेसन निम्बुजका नयाँ तथा पूराना प्रतिस्पर्धीका रुपमा रहेका छन् ।
सन् २००६ मा नेदरल्याण्डमा स्थापना भएको निम्बुजले यो वर्ष आफ्नो मुख्यालय भारतको गुडगाउमा स्थापना गरेको थियो । निम्बुजका १ सय ६० मध्ये आधा कर्मचारी भारतमै रहेको र अरु नेदरल्याण्ड र अर्जेन्टिनामा रहेको बताइन्छ ।
कसरी काम गर्छ निम्बजले ?
निम्बुजको सेवा लिन तपाइँले आफ्नो मोबाइल वा कम्प्युटरमा निम्बुज एप्लिकेसन डाउनलोड गर्नुपर्छ । त्यसपछि तपाइँले सित्तैमा च्याट तथा कल गरेर महंगो अन्तराष्ट्रिय कलको खर्चबाट बच्न सक्नुहुन्छ । निम्बजका सबै प्रडक्टहरु निशुल्क रहेका र कुनैपनि शुल्क नलाग्ने हुन्छ । साथै निम्बुज सबै स्मार्टफोनमा उपलब्ध पनि हुन्छ । निम्बुजबाट तपाइँले आफ्नो फेसबुक साथीसँग पनि च्याट गर्न सक्नुहुन्छ । निम्बुज एप्लिकेसन फेसबुक च्याट, विन्डोज लाइभ म्यासेन्जर, गुगल टक, टि्वटर, याहु तथा माइस्पेस लगायतका एप्लिकेसन सँग जोड्न सकिन्छ । त्यसैले तपाइँले तपाइँका सोसल नेटवर्किङ साइटका मित्रहरुसँग निम्बज मार्फ नै च्याट गर्न सक्नुहुन्छ । त्यस्तै निम्बज आउटमार्फ ल्याण्ड लाइन तथा निम्बुज डाउनलोड नगरेका मोबाइल फोनमा सस्तोमा कल गर्न सकिन्छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top