घर-घरमा कम्प्याक्ट ˆलुरोसेन्ट लाइट -सीएफएल) चिमको प्रयोग बढ्दो छ । ८० प्रतिशतसम्म बिजुलीको खपत कम हुन्छ भन्ने भनाइको कारण पनि सीएफएल चिमको प्रयोग बढेको हो । बजारमा विभिन्न थरी र विभिन्न मूल्यका सीएफएल चिम पाइन्छन् । सक्कली चिम पर्यो भने त बिजुलीको खपत कम हुने पक्का छ तर नक्कली पर्यो भने पैसाको खति बाहेक केही हुँदैन ।
सक्कली सीएफएल चिम मात्र बेच्न पाउन व्यवस्था नेपालमा छैन । दक्षिण एसियाली मुलुक श्रीलङ्कामा त्यस्ता चिम बेच्नेमाथि कडा कारवाही गरिन व्यवस्था छ । त्यहाँ सरकारी शक्ति तथा ऊर्जा मन्त्रालयको प्रमाण चिहृन अङ्कित नभएको चिम बेच्नेमाथि कारवाही गरिन्छ ।नेपालमा नेपाल विद्युत प्राधिकरणले सीएफएल अभियान चलाएको बेला दुई वटा कम्पनीका चिम मात्र सिफारिश गरेको थियो । अर्थात् किनिएको सीएफएल चिम सक्कली हो कि नक्कली हो भन्ने कुरा पत्ता लगाउनु नै उपभोक्ताका लागि पहिलो महाभारत हो ।
यो त भयो, पैसाको खतिको समस्या । अर्को समस्या पनि छ । त्यो हो स्वास्थ्यसँग सम्बन्धित समस्या ।
सीएफएल चिमको प्रयोग
गर्दा केही सचेचता अपनाउनुपर्ने सुझाव चिम उत्पादक कम्पनीले नै पनि दिने गरेका छन् । सीएफएल चिमहरूमा पारो र सिसा जस्ता धातु हुने हुनाले स्वास्थ्यका लागि हानिकारक हुने बताइएको छ तर जति बढाइचढाइ गरी यसका खतरा औंँल्याइएका छन्,त्यति खतरा नरहेको कम्पनीको भनाइ छ। सीएफएल चिम निर्मातामध्ये एक जनरल इलेक्टि्रकले यस्ता चिम नफुट्दासम्म डराउन नपर्ने जनाएको छ ।
के हुन् खतरा ?
- होल्डरमा चिम राख्दा वा निकाल्दा चिमको काँचको भागमा समातेर राख्ने र झिक्ने गर्दा चिम फुट्ने सम्भावना रहन्छ ।
- बिजुलीको स्विच 'अन' गरेर सीएफएल चिम राख्ने वा झिक्ने नगर्ने सुझाव पनि केही कम्पनीले दिएका छन्।
- सीएफएल मात्र होइन, कुनै पनि खालको चिम फुट्न सक्दछ । चिम फुटेको ठाउँमा नाङ्गो खुट्टाले हिँड्नु हुँदैन। यस्तै, फुटेका सिसालाई हातले छुनु पनि हुँदैन । उक्त ठाउँलाई भिजेको पेपर टावेल प्रयोग गरेर राम्रोसँग सफा गर्नुपर्दछ र फुटेका काँचका टुक्रालाई होसियारीपूर्वक उठाउनुपर्दछ ।
- सीएफएल चिममा विषालु रसायन पारो प्रयोग गरिएको हुन्छ । सीएफएल चिम फुटेको अवस्थामा त्यसमा रहेको पारोले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्दछ । त्यस्तो अवस्थामा करिब आधादेखि एक घण्टाका लागि कोठाका झ्यालहरू खुला छाडिदिनुपर्दछ । त्यसो गरिएको खण्डमा पारो बाफको रूपमा उडेर जान्छ।
- फुटेको सीएफएल चिम भनेको जोखिमपूर्ण फोहोरमैला हो । विदेशमा यस्ता फोहोर फाल्नका लागि विशेष व्यवस्था गरिएको हुन्छ । नेपालमा त्यस्तो व्यवस्था त छैन तर यस्तो फोहोर फाल्ने बेलामा पनि विशेष ध्यान दिनुपर्दछ
- सीएफएल चिमले परावैजनी किरण फाल्दछ तर यसरी फालिने किरण अत्यन्त कम हुन्छ । सीएफएल चिम ठूलो सङ्ख्यामा प्रयोग गरिएको कोठामा परावैजनी किरण बढी हुने कुरालाई नकार्न सकिँदैन । बढी मात्रामा परावैजनी किरण मानव तथा जीवजन्तुको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
सीएफएल चिम फुटेमा के गर्ने ?
अमेरिकाको इन्भायरोन्मेन्टल प्रोटेक्सन एजेन्सीले सीएफएल चिम फुटेको कसरी सफाइ गर्ने भन्ने विषयमा केही सुझाव दिएको छ ।
१.सफाइ अघि ः
- हावा बाहिर पठाउने
- मानिस तथा जीवजन्तलाई कोठाबाट बाहिर निकाल्ने, चिम फुटेको ठाउँमा कसैलाई हिँडडुल गर्न नदिने।
- झ्याल १५ मिनेट र अझ त्यसभन्दा बढी समयसम्म खुला राख्ने ।
- सेन्ट्रल एयर हिटिङ वा एयर कन्डिसनिङ प्रणाली भए त्यसलाई बन्द गर्ने ।
२. सफाइका चरण
- दह्रो कागज वा कार्डबोर्डको सहयोगबाट होसियारीपूर्वक काँचका टुक्रा उठाउने र त्यसलाई काँचको जारमा वा प्लास्टिक ब्यागमा सिलबन्दी गरी राख्ने ।
- ससाना तथा मसिना टुक्रा डक्ट टेप जस्ता टाँसिने खालका टेप प्रयोग गर्ने ।
- भिजेको पेपर टावेलले पुछ्ने र सो टावेललाई जार वा प्लास्टिक ब्यागमा राख्ने ।
- भ्याकुम क्लिन वा कुचोको प्रयोग नगर्ने।
३. कार्पेट वा रग सफा गर्ने
- काँचका टुक्रा होसियारीपूर्वक उठाएर जार वा सिलबन्द गर्न सकिने प्लास्टिक ब्यागमा राख्ने ।
- डक्ट टेप जस्ता टाँसिने खालका टेप प्रयोग गरी साना तथा मसिना टुक्रा तथा पाउडर उठाउने ।
- देखिएका सबै सासाना टुक्रा हटाइसकेपछि भ्याकुम प्रयोग गर्न परेको अवस्थामा भ्याकुम प्रयोग गर्ने ।
- भ्याकुम ब्यागलाई निकालेर ब्याग सिङ्गै वा त्यसमा भएका फोहोरलाई प्लास्टिक ब्यागमा राख्ने ।
४. लुगाफाटा वा तन्ना सफा गर्दा
- फुटेका चिमका टुक्रा लुगाफाटा वा तन्नामा परेको रहेछ भने त्यस्ता कपडालाई धोएर प्रयोग गर्नुभन्दा पनि फाल्नु नै बेस । त्यस्ता लुगाफाटामा पारोका अवशेष रहिरहन सक्छन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |