मध्यमवर्गीय उपभोक्ताका लागि प्रायः सस्तो मूल्यका मोबाइल फोन पहिलो रोजाइमा पर्छन् । सस्तो, राम्रो र बलियो भन्ने मन्त्रालाई आत्मसात् गर्छन् सामान्य उपभोक्ताहरु ।
तर विश्वमा यस्ता धनाढ्यहरु पनि छन् जसको लागि पैसाको कुनै परवाह हुँदैन । आफ्नो चाहनाको वस्तु तथा सेवा लिनका लागि उनीहरु जुनसुकै मूल्य तिर्न समेत पछि पर्दैनन् ।त्यस्तै शौखिन उपभोक्ताहरुका लागि विश्वका मोबाइल उत्पादक कम्पनीहरुले पनि एक से एक महंगा तथा कलात्मक मोबाइलहरु उत्पादन गर्ने गर्छन् । यद्यपि केही यस्ता अमूल्य फोनहरु केबल प्रदर्शनी वा कम्पनीको शानका लागि समेत उत्पादन गर्ने गरिन्छ ।
· अमेरिकाको एप्पल कम्पनीले उत्पादन गरेको गोल्डस्ट्राइकर आइफोन थ्री जिएस यस्तो मोबाइल फोन हो जसको मुल्य ३२ लाख डलर पर्छ । यसमा २२ क्यारेटको २७१ ग्राम
सुनका साथै २ सय वटा हिराका पत्थर जडिएका छन् ।
· त्यस्तै डायमण्ड क्रिप्टो स्मार्टफोन पनि दुनियाको महंगो मोबाइल फोन मध्येको एक हो । रुसमा बनेको यो मोबाइलको मुल्य ८ लाख २७ हजार पाउण्ड पर्छ । यो मोबाइल फोनको बाहिरी खोलमा ५० वटा हिरा छन्, जसमध्ये १० वटा बहुमुल्य निलो हिरा रहेका छन् ।
· त्यस्तै अर्को बहुमुल्य मोबाइल फोन हो, ग्रेस्सो लक्सर । यसको मूल्य ६ लाख ३६ हजार २ सय पाउण्ड छ । १८० ग्रामको सुनको Frame मा रहेको यो मोबाइलमा हिराका साथै बहुमुल्य पत्थरहरु समेत जडान गरिएको छ।
· भर्चु सिंगनेचर कोब्रा अरु बहुमुल्य मोबाइल फोन हो । यसको मूल्य १ लाख ६७ हजार पाउण्ड भन्दा बढि छ । यसमा रुबी तथा हिरा लगायतका बहुमुल्य पत्थर जडान गरिएको छ । तर यो मोबाइलमा न त क्यामरा छ, न त टचस्त्रिmन प्रविधि छ ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |