तपाईलाई नेपाल टेलिकमको C-Phone बाट कम्प्यूटरमा इन्टरनेट चलाउन मन छ तर त्यसको लागी Setting मिलाउन सकिरहनु भएको छैन भने आज म तपाईहरूमाझ उक्त Setting को बारेमा लेख्न गईरहेको छु ।

तपाईको C-Phone मा खरीद गर्दाको बखतमा नै ईन्टरनेट जोडीएको हुदैन ।त्यसको लागी तपाईले टेलिकम कार्यलयमा गएर नेट जोड्न आग्रह गर्नुपर्छ । त्यसपछि C-Phone लाई कम्प्यूटरमा जोड्ने रू.२५० पर्ने Data Cable टेलिकमबाटै खरीद गर्नुपर्छ ।

अब ईन्टरनेट Active गर्न र Setting मिलाउन तलका Steps हरू Follow गर्नुस् ।

1st Step :-
१) C-Phone Prepaid सेटमा Internet Active गर्न तलको Direction Follow गर्नुस् ।

Menu > 0412 > सेटमा UART देखाएपछि > Store

2nd Step :-
१) Phone,Data Cable र Computer जोड्नुस् ।

२) अब कम्प्यूटरमा तलको Direction Follow गर्नुस् ।

Start > Setting > Control Pannel > Phone & Modem > Modem मा Click गरी Add गर्ने

३) Don't Detect My Modem मा Click गरी Next गर्नुस् ।

४) त्यसपछि Standard 33600 लाई Highlight गरी Next गर्नुस् ।

५) अब COM 1 लाई Highlight गरी Finished/OK गर्नुस् ।

3rd Step :-
१) तलको Direction Follow गर्नुस् ।

My Network Place (Right Mouse Click) > Properties > Creat New Connection > Next > Next > अब ' Set up my connection manually ' मा टिक् (Tick) लगाई Next गर्नुस् > Next > Next

२) Phone Number to Dial मा #777 राख्नुस् र Next गर्नुस् ।

३) Username र Password मा तपाईको CDMA नंबर राखि OK गर्नुस् ।

जस्तै तपाइको CDMA नम्बर 029****** छ भने Username and Password मा 29****** मात्र राख्नुहोला ।

अब Dial Up Connection को आउनेछ र त्यहाँ मा गर्नुस् ।अब Verifying Username & Password भन्दै तपाईको Internet Active हुन्छ र Internet को मज्जा लिन सक्नुहुनेछ ।

यो पोष्ट प्रभावकारी लागेमा साथीहरूमाझ अवश्य SHARE गर्नुहोला ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top