अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई मंगल ग्रहमा पठाएको क्युरिओसिटी रोबर्ट मिशनमा अहिलो झट्का लागेको छ । रोवर्टको हावाको सेन्सर मापन गर्ने सेन्सर सर्किटमा क्षति पुगेको छ ।


सेन्सर सर्किटमा आएको समस्या ठूलो नभएको भन्दै नासाले यसले केही मापनमा कमी आउने तर काम नै अवरुद्ध भने नहुने बताएको छ । सेन्सर सर्किटमा कसरी क्षति पुग्यो भन्ने यकिन नभएपनि रोबर्ट अवतरणका क्रममा ठोक्किएको हुनसक्ने बैज्ञानिकहरुले प्रारम्भीक अनुमान छ ।
मंगल ग्रहमा मानव जीवनको सम्भावना अध्ययनका क्रममा नासाले दुई साताअघि क्युरिओसिटी रोबर्टको सफल अवतरण गराएको थियो ।
क्षति पुगेको भनिएको सेन्सर सर्किट हावा र सहतको तापमान, हावाको दबाव, हावाको गति र दिशाका साथै सतहमा आउने परावैजनी विकिरणको मात्राबारे तथ्यांक संकलनको काम गर्छ । बीबीसीका अनुसार सेन्सर सर्किटको केही तारमा क्षति पुगेको छ । क्यूरिओसिटी रोवर्टले पठाएको अन्य सबै जानकारी भने सही भएको नासाले बताएको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top