
कल्पना गर्नुस त, तपाईले मोबाइल फोनलाई कागजको टुक्रा जस्तै प्रयोग गर्न पाउनु भयो । त्यसलाई मोड्न, खसाल्न वा तोडमोड गरेर आफ्नो खल्तीमा राख्न राखिन्छ, अनि चाहिएको बेला कुनै क्षति नभएको अवस्थामा झै फेरि प्रयोग गर्न सकिन्छ । शोधकर्ताहरु अहिले यस्तै लचिलो मोबाइल फोनमा काम गरिरहेका छन्, जुन् निकै पातलो र कागज जस्तै पट्याएर राख्न सकिन्छ । यस्तो लचिलो फोनले नमूना ग्याजेट शोमा पहिल्यै धेरैलाई लोभ्याइसकेको छ ।
अहिले यसको चर्चा बढेको छ र आगामी वर्ष सन् २०१३ सम्ममा यस्तो पहिलो फोन बजारमा उपलब्ध हुनेछ । एलजी, फिलिप्स, शार्प, शोनी र नोकिया सस्ता कम्पनी यस प्रविधि निर्माणमा जुटेका छन् । तर, सबैलाई उछिनेर दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पहिला यस्तो फोन ल्याउन सक्ने बताइएको छ ।सामसुङ लचिलो प्रविधिको पक्षधर हो र उसलाई विश्वास छ कि यो विश्वभर निकै लोकप्रिय हुनेछ । सामसुङका प्रवक्ताका अनुसार यस्तो फोनको स्क्रीन मोडिने र उत्कृष्ट त हुन्छ नै । यसको साथमा परम्परागत एलसीडी टेक्नोलोजीको तुलनामा प्लास्टिकको जस्तै हलुका र पातलो पनि हुनेछ । पूर्ण रुपमा लचिलो मोबाइल फोन बनाउन स्क्रीनका साथ साथै कभरदेखि ब्याट्रीसम्म पनि त्यस्तै हुनुपर्नेछ ।

नोकियाका लागि काम गरिरहेका प्रोफेसर फेरारी भन्छन्- हामी लचिलो र पारदर्शी डिस्प्लेमा काम गरिरहेका छौं, जुन भविश्यको लचिलो फोन, ट्याबलेट, टीभी र सोलार सेटको हिस्सा हुनेछ ।
एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |