यदि तपाइँलाई कसैले कम्प्युटर कति प्रकारका हुन्छन् भनेर सोध्यो भने सायद तपाइँ अलमलमा पर्नुहुन्छ होला । अवश्यपनि डेस्कटप, ल्यापटप, नेटबुक………. भन्दै गन्न थाल्नुहुन्छ । तर ठ्याक्कै भन्नुपर्दा अहिलेसम्म उत्पादन भएका कम्प्युटरलाई वर्गिकरण गर्ने हो भने ५ प्रकारका कम्प्युटर तपाइँ हामीमाझ छन् ।
१. डेस्कटप : डेस्कटप फस्ट तथा अपग्रेड कम्प्युटिङ गर्ने सबैको पहिलो रोजाइमा पर्छ । यसमा तपाइँ र्याम देखि लिएर ग्राफिक कार्डका साथै लगभग सबै हार्डवेयर अपग्रेड गर्न सक्नुहुन्छ । बजारमा लेनोभो, एचपी, कम्प्याक लगायतका विभिन्न कम्पनीका डेस्कटप कम्प्युटर उपलब्ध छन् ।
 |
Desktop Computer |
२. ल्यापटप : विश्वमा सबैभन्दा पहिलो ल्यापटप सन् १९७९ मा बेलायती डिजाइनर बिल माग्रीडेजले बनाएका थिए । गि्रड सिस्टम कर्पोरेसनले उक्त ल्यापटपको डिजाइन तयार पारेको थियो । पछिल्लो ४० वर्षमा ल्यापटपको स्वरुप मात्र होइन क्षमता तथा प्रविधिमा पनि निकै परिवर्तन आइसकेको छ ।
 |
Laptop |
३. नेटबुक : नेटबुक एक प्रकारले अल्ट्रा पोर्टेबल अर्थात् ल्यापटप भन्दा पनि बोक्नका लागि निकै सजिलो कम्प्युटर हो । यो साइजमा ल्यापटप भन्दा सानो हुन्छ । यदि तपाइँ कम्प्युटरमा केवल इन्टरनेट मात्र चलाउने गर्नुहुन्छ भने तपाइँका लागि अरु कम्प्युटर भन्दा नेटबुक उत्तम ग्याजेट हुनेछ ।
 |
Note-Book |
४. पिडिए : यसको पूरा रुप पर्सनल डिजिटल एसिस्टेन्ट डिभाइस हो । यसमा कम्प्युटरमा जस्तै हार्ड ड्राइभ हुँदैन जसको सट्टामा पिडिएमा फ्लास मेमोरी हुन्छ । पिडिएको आकार नेटबुक भन्दा पनि निकै सानो हुन्छ । पिडिए खासगरी पश्चिमा देशहरुमा बढि चल्तीमा छ ।
 |
PDA |
५. वेयरएबल कम्प्युटर : यो नाडीमा लगाउन मिल्ने खालको कम्प्युटर हो । यो कम्प्युटर जगतको सबैभन्दा पछिल्लो प्रडक्टको रुपमा रहेको छ । यसलाई तपाइँ घडी जस्तै गरी लगाउन सक्नुहुन्छ । यसले अरु सामान्य कम्प्युटरले जस्तै सबै काम गर्न सक्छ ।
 |
Wearable Computer |
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |