साइबर अपराधको दर बढिरहेको छ । हरेक दिन अनलाइनमा ह्याकिङ तथा अन्य अपराध बढिरहेको बेला हामीले आफ्नो मेल आइडी तथा अरु निजि अनलाइन अकाउण्टको सुरक्षाको लागि निकै चनाखो हुनुपर्ने आवश्यकता खटि्करहेको छ, ता की कोही बाहिरी व्यक्तिले हाम्रो निजि मेल अकाउण्ट ओपन गर्न नसकोस् ।
तपाइँलाई थाहा छ ? सबैभन्दा चल्तीको इमेल सेवा जिमेलमा खोल्नुभएको तपाइँको अकाउण्ट तपाइँ आफैले पर्ूण्ातया सुरक्षित बनाउन सक्नुहुन्छ । जिमेलमा यस्तो फिचर्स राखिएको छ जसबाट तपाइँको जिमेल अकाउण्ट अरुले ह्याक गर्न असम्भव हुन्छ । यसलाई टू स्टेप भेरिफिकेसन सेफ्टी भनिन्छ ।

कसरी एक्टिभेट गर्ने त यो सुरक्षा कवच ?
  • सबैभन्दा पहिले आफ्नो जिमेल अकाउण्ट लगइन गर्नुहोस्
  • त्यसपछि प्रोफाइलमा गएर दायाँ किनारामा दिएको प्रोफाइल अप्समा रहेको सेटिङमा क्लिक गर्नुहोस्
  • सेटिङ अप्सन छानेपछि सेक्योरिटी अप्सन छान्नुहोस् र टू स्टेप भेरिफिकेसन लेखिएको ठाउँमा क्लिक गर्नुहोस्
  • भेरिफिकेसन अप्सनमा क्लिक गरेपछि तपाइँ सामु एड ए फोन नम्बर, मोबाइल एप्लिकेसन जस्ता केही अप्सन देखिनेछन्
  • जसमा तपाइँ आफ्नो फोन नम्बर भरेर सेभ गर्नुहोस्
ख्याल गर्नुहोस् तपाइँले जुन फोन नम्बर त्यहाँ लेख्नुभएको हुन्छ सोही मोबाइल नम्बरमा तपाइँलाई एउटा कोड नम्बर गुगलले पठाउँछ, जसको मद्दतले तपाइँले आफ्नो मेल खोल्न सक्नुहुन्छ ।

यदि तपाइँ पहिले कुनै नयाँ ब्राउजरमा आफ्नो जिमेल खोल्दै हुनुहुन्छ भने तपाइँले उक्त सेक्युरिटी कोड हान्नुपर्नेछ । त्यसपछि दोश्रो पटकमा सोही ब्राउजरमा जिमेल सिधै खोल्न सक्नुहुनेछ ।

आफ्नो जिमेल अकाउण्ट ह्याक हुनबाट बचाउन यो फिचर्स एक्टिभेट गर्नु आफ्नो ठाउँमा छ । तर तपाइँले एक्टिभेट गरेको भन्दैमा आफ्नो अकाउण्ट खुलै छाडेर हिड्ने, लग आउट नगर्ने जस्ता लापरवाही गर्नुभयो भने जो सुकै गलत व्यक्तिको हातमा तपाइँको जिमेल अकाउण्ट पुग्नसक्छ ।




0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top