हामीमध्ये धेरैजसोले कुनै परिकार जस्तो सेलरोटी,पकौडा,आलुचिप्स वा अन्य कुनै पनि पकाउँदा धेरै तेलको प्रयोग गर्ने गर्छौ । यी परिकारहरु  पकाउदा बढी भएको वा उभ्रिएको तेल पुन: प्रयोगको लागि साँचेर राख्ने गर्छौं । 

तर अब यसरि बढी भएको तेलको पुनः प्रयोग गर्नुहुन्छ भने होसियार हुनुपर्ने बेला आएको छ। अमेरिकाको क्यालिफोर्निया बिश्वबिध्यालयका बैज्ञानिकहरुले गरेको अनुसन्धानबाट येसरी पुनः प्रयोग गरीइने खानेतेलबाट भबिष्यमा  पहिलेको  कुराहरु बिर्सिने रोग आल्जिमर्स तथा स्नायु तन्तुमा असर देखि लिएर क्यान्सर सम्मको खतरनाक समस्या आइलाग्ने तथ्य पुष्टि भएको छ  । बिगत ७ बर्षदेखी सुरु गरिएको अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो  ।  

अमेरिकी बायोटेक्नोलोजिस्ट मार्या डोनस वेलडनका अनुसार खानेतेल खासगरि सूर्यमुखीको तेललाइ करिब १९० डिग्री सेल्सियसको तापक्रममा तताउंदा त्यसबाट एलडिहाइड र एराइलडीहाइड नामक तत्वहरुको उत्पादन हुनेगर्छ जुन धेरै विषाक्त सिद्ध भएका छन् । उनका अनुसार यसरि तेलमा कुनै पनि खान फ्राई गर्दा तेल उक्त तापमानमा प्रवेश गर्ने र प्रचुर मात्रामा एल्डिहाइड जस्तो घातक बिषालु चिजको उत्पादन हुन्छ । यसरि उत्पादन भएको एल्डिहाइड केहि मात्रामा नष्ट हुन्छ र अरु हामीले खाने खानामा मिसिएर हाम्रो शरीरभित्र पुग्छ जसले शरीरका सम्पूर्ण प्रणाली बिषेश गरि स्नायु प्रणालीमा प्रत्यक्ष असर पार्छ जसले गर्दा भबिस्यमा पक्षघात  सम्मको खतरा आउन सक्छ ।

Food Technology Journal नामक पत्रिकामा उल्लेख भए अनुसार खानेतेलमा पाइने फ्याट्टि एसिड (Fatty Acid) तताउने क्रममा क्षय भएर उक्त एल्डिहाइडको निर्माण हुन्छ । यसरी एक पल्ट तताउंदा उत्पादन भएको एल्डिहाइड केहीमात्रामा नष्ट भए पनि बाँकि मात्रा संचित भएर बसेको हुन्छ जसलाई पुनः तताउँदा अरु पनि एल्डिहाइडको मात्रा थपिएर उक्त तेल विषाक्त हुन्छ । यदि हामी पनि यस्तो तेलको प्रयोग गर्छौँ भने सोच्नुहोस भबिष्यमा क्यान्सर जस्तो खतरनाक रोगको साथै पक्षघात,आल्जिमर्स जस्ता रोगहरु नलाग्ला भन्न सकिदैन । त्यसैले यस्ता रोगहरुबाट बच्न सकभर नउभ्रिने गरि थोरै मात्र तेलको प्रयोग गर्नुहोस ताकी उक्त तेल पुनः प्रयोग गर्न नपरोस् ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top