स्मार्टफोनको बजारमा उथलपुथल मच्चिएको छ । अमेरिकी बजारमा पहिलो पटक सामसुङको ग्यालेक्सी एस थ्री स्मार्टफोन एप्पलको आइफोन फोर एसमाथि हावी भएको छ ।
अमेरिकामा फोन बजारमा निगरानी राख्ने एक वेबसाइटको तथ्यांकले अमेरिकी बजारमा बिक्रिको मामिलामा ग्यालेक्सी एस थ्री ले आइफोन फोर एसलाई पछाडि पारेको देखाएको हो ।
एप्पलसँगको बौद्धिक सम्पत्ति अधिकारको कानुनी लडाइँमा अमेरिकी अदालतबाट हालै ठूलै झट्का बेहोरेको सामसुङका लागि अमेरिकी बजारमा एप्पलमाथिको विजय निकै सुखद समाचार हुनसक्छ । तर ग्यालेक्सी स्मार्टफोनको अगुवाइ कतिसम्म दिगो रहन्छ – त्यो भने अहिल्यै आँकलन गर्न नसकिने प्रविधि सम्बन्धि वेबसाइट सिनेटको भनाइ छ ।
बजारमा आएको झण्डै एक वर्ष पुग्न लागेकाले आइफोन फोर एस प्रति उपभोक्ताको क्रेज घटेको तथा यो परिस्थितिलाई भर्खरै बजारमा आएको सामसुङको ग्यालेक्सी एस थ्री ले क्यास गर्दा सामसुङलाई फाइदा पुगेको विश्लेषण गरिएको छ । तर आइफोनले आउँदो सेप्टेम्बरमा बजारमा ल्याउन थालेको आइफोनको नयाँ भर्सनले एप्पलको स्थिति मजबुत बनाउने र त्यसले सामसुङलाई अमेरिकी बजारमा दोश्रो स्थानमा धकेल्ने अनुमान धेरैको छ ।
स्मार्टफोनको बजारमा केवल एप्पल र सामसुङबीच मात्र होइन अब अरु कम्पनीहरु पनि संर्घष्ामा उत्रिँदैछन् । पूरानै र्ढराका कारण घाटा बेहोरिरहेको नोकियाले आफ्नो सबैभन्दा अत्याधुनिक स्मार्टफोन बजारमा ल्याउँदैछ । नोकियाको नयाँ स्मार्टफोन बजारमा ल्याउनका लागि पूरै तयारी पूरा भएको बताइन्छ । माइक्रोसफ्टसँग मिलेर नोकियाले एप्पल, सामसुङ तथा गुगलको प्रभुत्व तोड्ने प्रयास गरिरहेको छ ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |