कम्पनीबाट निर्माण भएर बजारमा आएका नयाँ कम्प्युटरमै भाइरस देखिएपछि यस्तो कुराको खुलासा भएको हो । माइक्रोसफ्टले गरेको अध्ययनले विभिन्न कम्पनीका नयाँ कम्प्युटरमै भाइरस देखा परेका थियो ।
यस्ता भाइरस मध्ये निटोल नामको एक भाइरस निकै खतरनाक पाइएको छ । यो भाइरस मार्फत ह्याकहरुले कम्प्युटर प्रयोगकर्ताको सबै व्यक्तिगत विवरण चोरेर बैंक अकाउण्ट समेत कब्जामा लिन सक्छन् ।
माइक्रोसफ्टका अनुसार असुरक्षित वितरण प्रणालीको फाइदा उठाउँदै अपराधीहरुले नयाँ कम्प्युटरमा भाइरस आक्रमण गर्न सफल भएका हुन् । माइक्रोसफ्टका डिजिटल अपराध अनुसन्धानकर्ताहरुले चीनबाट किनेर ल्याएका १० वटा ल्यापटप तथा १० वटा डेक्सटप कम्प्युटरमा पहिलोपटक यस्तो भाइरस फेला परेपछि साइबर अपराधीहरुको पछिल्लो हमलाको खुलासा भएको हो ।
यसैबीच एक अमेरिकी अदालतले नयाँ कम्प्युटरमा देखिएको यस्तो साइबर आक्रमणलाई निस्तेज पार्ने अधिकार माइक्रोसफट्लाई प्रदान गरेको छ ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |