एप्पलको बहुप्रतिक्षित स्मार्टफोन आइफोन ५ बजारमा नआउँदै विवादमा तानिएको छ । लामो समयदेखि चल्दै आएको प्याटेन्ट अधिकारको विवादमा आइफोनको नयाँ संस्करण पनि मुछिएको हो ।

ताइवानी कम्पनीले एचटीसीले आइफोन ५ मा एप्पलले प्याटेन्ट अधिकार चोरेको भन्दै मुद्दा हालेको छ । एचटीसीले एप्पलको नयाँ आइप्याड तथा बजारमा आउन लागेको आइफोनले आफ्ना दुइ प्याटेन्ट अधिकारको हनन गरेको दाबी गर्दै ती दुइ उत्पादनको अमेरिकामै बिक्रिमा रोक लगाउन माग गर्दै अन्तराष्ट्रिय व्यापार आयोगमा उजुरी दर्ता गराएको छ ।

एप्पल र एचटीसी लामो समयदेखि प्याटेन्टको विषयमा कानुनी लडाइँ लड्दै आएका छन् । यदि पछिल्लो उजुरीमा एचटीसीले जित हात पारेमा त्यो एप्पलको लागि ठूलो झट्का हुने र त्यसबापत एचटीसीले ठूलो रकम प्राप्त गर्ने बताइएको छ ।

स्मरण रहोस् एप्पलका मोबाइल फोन तथा ट्याब्लेट चीनमा उत्पादन गरी अमेरिका लगायत विश्वका अरु मुलुकमा बिक्रिका लागि पठाउने गरिन्छ । यस्तो अवस्थामा मुद्दा हार्नु भनेको एप्पलका विवादित उत्पादनहरु अमेरिकी बजारमै पुग्न नपाउनु हो । त्यसैले यस परिस्थितिमा एप्पल सामु दुइ विकल्प हुनेछन्, एउटा एचटीसीले मागे बमोजिम दिनु वा चोरी गरिएका भनिएका प्रविधि आफ्ना उत्पादनबाट हटाउनु ।

एप्पलले चोरी गरेको भनेको प्रविधि ठूलो परिमाणमा डाटा ट्रान्सफर गर्ने एलटीइ टेक्नोलोजी पनि एक हो । यदि यो प्रविधिलाई हटाएमा एप्पलका आइफोन साँच्चीकै निकम्मा हुनेछन् र त्यसले सामसुङको फोर जी कनेक्सन सपोर्ट गर्ने उच्च गतिको डाटा ट्रान्सफर प्रविधि भएका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न सक्नेछैनन् ।

यता सामसुङले पनि आफ्नो फोर जी एलटीइ प्याटेन्टको चोरी गरेको उजुरी एप्पलविरुद्ध लगाउने तयारी गरेको छ । आइफोन ५ मा रहने भनिएको त्यस्तो यस्तो प्रविधि आफ्ना ग्यालेक्सी स्मार्टफोनको प्रविधिको चोरी रहेको सामसुङको दाबी रहेको छ । यहीँ मागदाबी सहित सामसुङले अमेरिकी तथा युरोपेली बजारमा आइफोन ५ प्रतिबन्ध लगाउन माग गर्दै मुद्दा हाल्ने बताइएको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top