३ असोज, एजेन्सी । अमेरिकी कम्पनी एप्पलले हालै सार्वजनिक गरेको आइफोन ५ को २० लाख अर्डर प्राप्त भएपछि एप्पल कम्पनीको शेयर मुल्य चुलिएको छ । एप्पलको शेयर मुल्य प्रतिशेयर ७ सय डलरको किर्तिमानी विन्दुमा पुगेको बताइएको छ । एप्पलको शेयर ८.५ डलर बढेर ६९९.७८ डलर पुगेको छ जुन १.२३ प्रतिशतको वृद्धि हो ।
एप्पलका अनुसार यो हप्ताको अन्त्यसम्ममा अर्डर दिएका अधिकांसको हातमा आइफोन ५ पूराइने भएपनि माग अत्यधिक भएकाले केहीले भने अक्टोबर सम्म कुर्नुपर्नेछ । अघिल्लो संस्करण भन्दा कम तौल भएको, स्लिम तथा ४ जी प्रविधि समेत चल्ने आइफोन ५ अघिल्लो हप्ता सार्वजनिक गरिएको थियो, जुन सेप्टेम्बर २१ बाट बजारमा उपलब्ध हुँदैछ ।
आइफोन ५ को यो अर्डर किर्तिमानी अर्डर हो । यसअघि आइफोन ४ एसलाई २४ घण्टामा १० लाखले माग गरेका थिए भने आइफोन ४ का लागि ६ लाख जनाको अर्डर प्राप्त भएको थियो ।
एप्पलका अनुसार पछिल्लो बढोत्तरी सँगै एप्पलको शेयर मुल्यमा यो वर्षमात्र ७० प्रतिशतको वृद्धि भएको छ । एप्पलले आइफोनको बिक्रि कम्पनीको भविष्यका लागि निकै महत्वपूर्ण रहेको बताएको छ । विश्लेषकहरुले यो वर्षभित्रैमा एप्पल ६ करोड आइफोन ५ बेच्न सफल हुने अनुमान गरेका छन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |