फेसबुकमा साथीहरुको लामो लिस्ट हुने मानिस आफूहरुमाझ चर्चित भएका ठान्छन् । तर, त्यस्ता ब्यक्तिले निकै तनाव पनि झेल्नु पर्छ ।

एडिनबर्ग विश्वविद्यालयले हालै गरेको एक सर्वेक्षण अनुसार तपाईको फेसबुक फ्रेण्ड लिस्टमा जति मानिसहरु हुन्छन्, त्यती नै धेरै दबाव बढ्छ र त्यसलाई तपाईलाई आक्रमकसमेत बनाउन सक्छ । अध्ययनअनुसार फेसबुकमा जति धेरै साथी हुन्छ, त्यति नै तपाईको अपमान हुने सम्भावना रहन्छ । विशेषगरी आफ्ना आमाबुबा तथा आफन्तहरुलाई फेसबुकमा साथी बनाउँदा पनि चिन्ता बढ्छ ।

जस्तो आफ्नो साथीको वालमा गाली, धुमपान, मध्यपान लगायतका कुलतबारे हुने पोष्टले गर्दा पनि तनाव बढाउँछ । फेसबुकमा साथी भएकामध्ये ९७ प्रतिशत इन्टरनेटबाटै चिनिएका हुने अध्ययनले देखाएको छ । त्यसपछि क्रमसः तपाईको टाढाका नातेदार, भाईबहिनी, साथीको साथी र सहकर्मी हुन्छन् ।

अध्ययनका अनुसार अधिकतम मानिसहरु वर्तमान साथीको माध्यमबाट पूर्व साथीहरुसँग फेरि जोडिन पुग्छन् । रिपोर्टका लेखक बेन मार्डर भन्छन्-’फेसबुकमा एक यस्तो ठाउँ छ, जहाँ तपाई आफ्नो सबै साथीसँग नाच्न सक्नु हुनेछ, पिउन सक्नु हुनेछ र मनोरञ्जन गर्न सक्नुहुनेछ । तर, तपाईको साथीको लिस्टमा आमा, बाबु वा हाकिम जोडिएको छ भने पार्टीसँगै चिन्ता पनि जोडिने भो ।’

उमेर ढल्कँदै गएका फेसबुक युजरहरुमा यो समस्या बढी देखिने गरेको अध्ययनले देखाएको छ, किनकी उनीहरुको अपेक्षा युवा प्रयोगकर्ताहरुको भन्दा निकै फरक हुन्छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top