कसैले कन्याएको देख्दा तपाईलाई पनि कताकता चिलाएको जस्तो लाग्छ ? यस्तो हुँदा छालासम्वन्धी रोग नै लाग्यो कि भनेर चिन्तामा पर्नुभएको छ भने त्यो गलत छ ।

बेलायतमा भएको एक अध्ययनले यस्तै देखाएको छ । कसैले कन्याएको देख्दा अर्कोलाई चिलाउनु छालासम्वन्धी रोग भन्दा मनोबैज्ञानिक कारण रहेको अध्ययनले देखाएको हो । अध्ययनमा सहभागीहरुका अगाडी कल्याउँदै गरेको मानिसको तस्वीर राखियो र त्यसको परिणाम हेरियो ।

तस्वीरमा कन्याउँदै गरेको तस्वीर हेर्नेहरु पनि कन्याउन थाले । छालासम्वन्धी रोगलाई आम मानिसले गम्भीर रोगमध्ये लिने गरेको पाइन्छ । अर्को एक अध्ययनका अनुसार अर्काले कन्याएको देख्दा मानिसको दिमागको एक भाग निकै क्रियाशील हुने पत्ता लागेको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top