कम्प्युटरको किबोर्डमा धूलो पस्यो वा अन्य कारणले फोहोर भयो भने टक्टकाउने तथा कपडा वा ब्रसले बाहिर पुछ्ने अथवा खोलेरै सफा गर्ने मात्र विकल्प छ । किबोर्ड फोहोर भयो भन्दैमा पानी खन्याएर धुने कुराको कल्पना समेत गर्न सकिन्न । किनकी पानी पस्यो भने किबोर्ड नै बिग्रिन्छ ।
तर अब पानी परेर किबोर्ड बिग्रिने दिन गए । अब तपाइँले मज्जाले पानी खन्याएर किबोर्ड सफा गर्न सक्नुहुन्छ । कम्प्युटर कम्पनी लजिटेकले यस्तो किबोर्ड बनाएको छ जुन पानीमा डुबाएर मज्जाले सफा गर्न सकिन्छ । तपाइँ यसलाई पानीको धारामा थापेर समेत सफा गर्न सक्नुहुन्छ ।
३५ पाउण्ड मुल्यको यो के ३१० मोडेलको किबोर्डमा पानी बाहिर फाल्ने खालका प्वालहरु डिजाइन गरिएकाले सफा गर्दा त्यसमा पसेको पानी तत्कालै बाहिर निस्किने र किबोर्ड छिटै सुख्खा हुने बताइएको छ ।
कम्पनीका अनुसार यो किबोर्डलाई ११ इन्च गहिराइ सम्मको पानीमा डुबाउन सकिन्छ । कहिलेकाहीँ सावधानी अपनाउँदा अपनाउँदै पनि किबोर्डमा विभिन्न चिज पोखिने तथा लामो समयसम्म प्रयोग गर्दा धूलो तथा किटाणुका कारण किबोर्ड फोहोर हुने गर्छ । तर अब यस्ता फोहोर किबोर्ड सफा गर्न मेकानिक्सकहाँ लगेर खोलखान पार्नैपर्ने आवश्यकता हुनेछैन । लजिटेकको धुनमिल्ने यो किबोर्ड घरमै मज्जाले पानीले धुन सकिनेछ ।
विभिन्न अध्ययनहरुले प्रयोगमा आइरहने एउटा सामान्य किबोर्ड ब्याक्टेरिया वा अन्य किटाणुहरुका खानी नै हुने गरेको देखाएको छ । एउटा किबोर्डमा प्रति वर्ग इन्च ३ हजार २ सय ९५ वटासम्म ब्याक्टेरिया हुने र कम्प्युटर माउसमा यस्ता ब्याक्टेरियाको संख्या प्रति वर्गइन्च १,६७६ सम्म हुन्ो गर्छ । त्यस्तै टेलिफोन सेट भने सबैभन्दा बढि ब्याक्टेरिया हुने साधनको रुपमा पर्दछ । यसमा प्रति वर्गइन्च २५ हजार भन्दा बढि ब्याक्टेरिया हुन्छन् । किबोर्ड तथा माउसमा पाइने यस्ता ब्याक्टेरिया मध्ये धेरै हानिकारक रहने गर्छन् ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top