फोटोग्राफीलाई अहिलेको जस्तो उन्नत अवस्थामा पूराउने श्रेय पाएको कुनैबेलाको चर्चित कम्पनी कोडाक घाटामा फस्दै गएपछि विभिन्न उत्पादनमा कटौती गर्न बाध्य भएको छ ।

घाटाले थलिँदै गएपछि कोडाले क्यामरा फिल्म तथा फोटो पेपरको उत्पादन बन्द गर्ने निर्णय गरेको छ । गएको जनवरीमा आफु टाट पल्टिएको घोषणा गरेको कोडाकले यसअघि नै डिजिटल क्यामराको उत्पादन बन्द गरिसकेको छ ।

कोडाकले आफ्नो घाटा पूर्ति गर्न आफुसँग भएका झण्डै ११ सय वटा डिजिटल तस्वीर प्रविधिका प्याटेन्ट बिक्रि गर्ने प्रयास पनि गरिरहेको छ । कोडाकका यी प्याटेन्ट अधिकार किन्न गुगल तथा एप्पलले प्रयत्न गरिरहेका बताइएको छ । कोडाक कम्पनीले यो वर्षको पहिलो ६ महिनामा कम्पनीलाई ६६ करोड ५० लाख डलर घाटा भएको जनाएको छ ।

स्थिर क्यामेराको फोटो फिल्म तथा पेपरको व्यापार बन्द गरेपछि कम्पनी पि्रन्टर, बाँकी रहेका सिनेमा खिच्ने फिल्म तथा रसायनको व्यापारमा केन्दि्रत हुनेछ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top