इन्टरनेटको दुनियाँमा सबैभन्दा ठूलो खेलाडी गूगलले विश्वको सबैभन्दा तिब्र गतिको इन्टरनेट सेवा सुरु गरेको छ । यसको गति एक गीगाबाइट-जीवी) प्रति सेकेण्ड छ ।

अप्टिकल फाइबरबाट उपलब्ध गराइने इन्टरनेट विश्वकै सबैभन्दा तिब्र गतिको भएको गूगलको दावी छ। डेली मेलका अनुसार इन्टरनेट सर्च इन्जिन गूगलले अमेरिकी राज्य मिरोउरीको कान्सास शहरमा गूगल फाइबर नामको आफ्नो तिब्र गतिको इन्टरनेट सर्भिस सुरु गरेको छ ।यसलाई आगामी दिनमा अन्य शहरहरुमा पनि विस्तार गर्ने उसको लक्ष्य छ ।

सर्च इन्जिनबाट आफनो सेवा थालेको गूगलले गएका बर्षहरुमा फोन, प्याड, सोसल नेटवर्क लगायतका नयाँ र तिब्र प्रतिस्पर्धा भएका क्षेत्रमा हात हालिरहेको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top