चर्चित सामाजिक संजाल फेसबुकमा ८ करोड ३० लाखको हाराहारीमा नक्कली अकाउन्ट रहेको खुलासा भएको छ । फेसबुकले अमेरिकाको सेक्युरिटी एक्सचेन्ज कमिसनलाई दिएको जुन ३० तारिखसम्मको डाटा अनुसार साढे ९५ करोड सक्रिय अकाउन्टमध्ये ८ करोड ३० लाख नक्कली रहेको स्वीकारेको छ ।

फेसबुकले आफ्नो कुल प्रयोगकर्तामध्ये ४ दशमलव ८ प्रतिशत अर्थात करिव साढे चार करोडका दुईवटा अकाउन्ट रहेको र करिव साढे दुई करोड नक्कली खाता रहेको जनाएको छ ।

यसरी फर्जी र दुईवटा फेसबुक खाता खोल्नेहरु
अमेरिका र अष्ट्रेलियाजस्ता मुलुकमा कम रहेको फेसबुकको दावी छ। उसको भनाईअनुसार
इन्डोनेसिया लगायतका बिकाशशील र तेस्रो बिश्वका मुलुकबाट फर्जी खाता खोल्नेहरु बढि छन् ।

फेसबुकका नक्कली खाताका कारण पछिल्ला बिज्ञापनदाताहरुमाझ उसको लोकपि्रयता घटन थालेको छ । वीबीसीले हालै गरेको एक सर्वेक्षणमा फेसबुक लाइक गर्नेहरुको त्यो उत्पादनसँग कुनै साइनो सम्बन्ध नरहेको पत्ता लगाएको थियो ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top