आइफोन, आइप्याड र म्याक कम्प्युटर उत्पादन गर्ने एप्पलको शेयर मूल्यमा आएको बृद्धि पनि एक कारण रहेको बताइएको छ । आईफोन ५ र आइप्याडको नयाँ मोडलले एप्पलको उत्पादनमा उपभोक्ताको विश्वास बढाएको र यसले नै कम्पनीलाई उचाईमा पुर्याएको विश्लेषकहरु बताउँछन् ।
एप्पल अब ‘एप्पल टिभी सेट’ बनाउने योजनामा रहेको चर्चा छ । यद्यपि एप्पलले कहिल्यै पनि आफ्ना आगामी उत्पादनबारे केही बताउने गरेको छैन् ।
अनुमानभन्दा कम मुनाफा
एप्पलले तेस्रो त्रैमासिकमा ८ अर्ब ८० करोड मुनाफा हात पारेको छ । जुनमा सकिएको त्रैमासिकमा भएको यो मुनाफा गत वर्षको यसै अवधिको भन्दा २१ प्रतिशतले बढी हो ।
तर, कम्पनीको पूर्वाअनुमान भन्दा कम भएको अधिकारीहरुले बताएका छन् । उक्त अवधिमा ३५ अर्ब डलरका एप्पलका उत्पादन विक्रि भएको बताइएको छ, जुन २०११ को भन्दा साढे २८ करोड डलर बढी हो । पछिल्लो २ वर्षमा एप्पलको विकास दर भने मन्द नै रहेको बताइएको छ ।-एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |