कम्प्युटरको क्षेत्रमा आएको क्रान्तिसागै टाइपराइटर एकादेशको कथा जस्तै बन्न पुगेको छ । आइप्याडमा औँलाहरु सल्बलाउने अहिलेको नयाँ पुस्तामध्ये धेरैले सायद टाइपराइटर देख्न पनि परेन होला । हुनत टाइपराइटर इतिहास बन्दैछ, तर यसको आवश्यकता पनि खटि्कादैछ । अहिलेको उच्चतम प्रविधिको रुपमा रहेको ट्याब्लेट आइप्याड धेरै मामिलामा अब्बल छ तर लामो समयसम्म केही कुराहरु टाइप गर्नुपर्यो भने गाह्रो मात्र होइन प्रायः आइप्याडमा धेरै कुरा टाइप गर्नु असम्भव नै हुन्छ । आइप्याडमा टाइप गर्न सकिएन भनेर यसको प्रयोग गर्न छाडी फेरी टाइपराइटर खोज्ने कुरो पनि भएन । त्यसैले यो समस्याको समाधानका लागि एकजना जिज्ञासु अनुसन्धानकर्ता विद्यार्थीले अनौठो जुक्ति निकालेका छन् ।
स्कटल्याण्डको इडिनबर्ग कलेज अफ आर्टमा प्रडक्ट डिजाइन तथा मेकानिकल इन्जिनियरिङ पढिरहेका अस्टिन यांग नामका ती विद्यार्थीले आइप्याडमै टाइपराइटर जडान गरी एक उपयोगी ठिमाहा ग्याजेट तयार पारेका छन्, जसलाई उनले आइ टाइपराइटर नाम दिएका छन् । यसमा टाइपराइटर जस्तो किबोर्ड रहेको छ जसमा बटन थिँच्दा आइप्याडको स्त्रिmनमा अक्षर लेखिन्छ । यसमा टाइप गर्दा पूरानै टाइपराइटरमा टाइप गरेजस्तो अनुभुति गर्न सकिने उनको भनाइ छ । उनी भन्छन्, यो आइ टाइपराइटर चलाउादा प्रयोगकर्ताहरु पूरानो टाइपिङ अनुभुति तथा अत्याधुनिक प्रविधिको एकैसाथ अनुभुति गर्न पाउनेछन् । आइप्याड तथा अहिलेका अरु कम्प्युटर कहिल्यै नचलाएका बुढा पुस्ताका व्यक्तिहरुले समेत पूराना टाइपराइटरमा जस्तै गरी यो टाइपराइटरमार्फत आइप्याडमा टाइप गर्न सक्ने उनको भनाइ छ ।
तर उनले बनाएको यो यन्त्र अझै पूर्ण भैसकेको छैन । टाइपराइटरको किबोर्डमा तिब्र गतिमा टाइप गरिएका सबै कुरा आइप्याडको स्त्रिmनमा नदेखिन पनि सक्छ । अर्थात् एक मिनेटमा १ सय भन्दा बढि शव्दहरु यसबाट टाइप गर्न सकिन्न । त्यसैले यसलाई बजारमा ल्याउनुअघि यो कमजोरी हटाएर यसलाई पूर्ण टाइपिङ क्षमताको बनाउनुपर्ने देखिन्छ ।
आइप्याड-टाइपराइटरको रुपमा यो पहिलो ठिमाहा यन्त्र भएपनि अन्य पिसी तथा ट्याब्लेट कम्प्युटरमा जोडिएका टाइपराइटरका ठिमाहा प्रडक्ट भने यसअघि पनि बजारमा आएका थिए । त्यसैले पूरानो टाइपराइटरको झझल्को मेटाउने गरी अहिलेको आइप्याडलाई समेत टाइपिङमा मज्जाले प्रयोग गर्न यो आइ टाइपराइटर निकै सहयोगी बन्ला जस्तो छ ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |