विभिन्न आपत्तिजनक तथा उत्तेजक वेबसाइट विरुद्धको कारवाही तिब्र पार्ने क्रममा भारत सरकारले भारतमा संचालित २ सय ५० भन्दा बढि वेबसाइट बन्द गर्न आदेश दिएको छ । धार्मिक सद्भाव भड्काउने खालका विभिन्न तस्वीर तथा भिडियोहरु अपलोड गरिएका वेबसाइट बन्द गर्ने आदेश सरकारले दिएको हो । भारतको कर्नाटक लगायत उत्तरपूर्वी केही राज्यहरुमा पछिल्लो समय भडि्कन लागेको जातिय तथा धार्मिक दंगामा यस्ता वेबसाइटले झनै आगोमा घिउ थप्ने काम गरेको ठहर सरकारले गरेको छ ।भारतको गृह मन्त्रालयले त्यस्ता १ सय ३० वटा आपत्तिजनक वेबसाइट बन्द गरिसकिएको र अरु छिटै बन्द हुने बताएको छ ।

यसैबीच भारत सरकारले देशमा पछिल्लो समय चलिरहेको साइबर हमलाका विषयमा गरिएको गहन अनुसन्धानलाई अन्तराष्टिय फोरममा लग्ने भएको छ । पाकिस्तानमा रहेको कट्टरपन्थी समूहले भारतमा साम्प्रदायिक अस्थिरता फैलाउन साइबर युद्ध चलाएको आशंका गर्दै भारतले यसको जरो पत्तो लगाउन अमेरिकासँग सहयोग माग्ने खबर समेत सार्वजनिक भएको छ । भारतको कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीमले देशमा भैरहेको यस्तो साइबर हमलाको विषयमा गरेको अनुसन्धानलाई अन्तराष्टिय समूदाय सामु पेश गरी अस्थिरता फैलाउने दुष्प्रयास गर्ने पक्षलाई सबैसामु उदांगो पार्ने लक्ष्य भारत सरकारको छ ।
पछिल्लो समय फेसबुक, टि्वटर तथा यु ट्युब लगायतमा विभिन्न उत्तेजक तथा आपत्तिजनक धार्मिक तस्वीरहरु अपलोड गरी मुस्लिम धर्मावलम्बीलाई भड्काउने प्रयास भैरहेको भारत सरकारले जनाएको छ । यसमा पाकिस्तानी कट्टरपन्थी समूहको हात रहेको र उसले उत्तर पूर्वी भारतमा अस्थिरता फैलाउने प्रयास गरिरहेको आरोप भारतको रहेको छ ।
गएको जुलाइ १३ देखि भारतमा अनलाइनमा यस्ता तस्वीर तथा सामग्रीहरु अपलोड हुन थालेका थिए । मुस्लिम धर्मावलम्बीलाई उत्तेजनामा ल्याउन स्लाम धर्मका प्रवर्तक मोहम्मदका तस्वीरलाई आपत्तिजनक ढंगले परिवर्तन गरी अपलोड गर्ने गरिएको छ । साथै धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने खालका विभिन्न भिडियो तथा अन्य सामाग्री समेत अनलाइनमा राख्ने गरिएको छ । भारतको आसाममा केही समय पहिले फैलिएको धार्मिक दंगा यहीँ कारण बैंगलोर, पुने, चेन्नइ तथा मुम्बइ लगायतका ठाउँमा पनि फैलिने त्रास उत्पन्न भएको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top