तपाइँलाई आफ्ना डकुमेन्ट स्क्यान गर्नैपर्नेछ । तर आफुसँग स्क्यानिङ मेसिन नहुँदा स्क्यान गर्न कता जाने होला ? भन्ने चिन्तामा हुनुहुन्छ भने अब तपाइँको चिन्ता दूर हुने भएको छ ।

अब यस्तो प्रविधि आउँदैछ जसबाट तपाइँको कम्प्युटरको माउसले नै तपाइँका डकुमेन्ट स्क्यान गर्नेछ । एलजीले
छिटै ल्याउन लागेको एलएसएम-१०० स्मार्टस्क्यान माउसले
अब स्क्यानरको भूमिका समेत निभाउनेछ।

यो माउसमा दुइवटा बटन हुनेछन्। जसलाई थिचेर तपाइँले माउसको स्क्यानर चालु गर्न सक्नुहुनेछ । यसका लागि स्क्यान गर्नुपर्ने पेपरमाथि माउसलाई घुमाउनुपर्नेछ । यसो गर्दा कम्प्युटरको स्त्रिनमा माउसमा स्क्यान भएको पेपरको तस्वीर आउनेछ । यदि कागजको सबै अंश स्क्यान नभएको भए त्यो अंशमा फेरी माउस लगेर घुमाएपछि पूरै डकुमेन्ट स्क्यान हुनेछ ।

अबको केही महिनामै बजारमा आउने यो माउसको मुल्य ५ हजार ६ सय रुपैयाँ पर्नेछ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top