दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले आफ्ना उत्पादन बिक्रिमा अमेरिकी कम्पनी एप्पललाई निकै पछाडि पारेको छ। अपि्रल देखि जुन सम्मको पछिल्लो त्रैमासिकमा सामसुङका उत्पादनहरुको बिक्रि एप्पल भन्दा झण्डै ५० प्रतिशत बढि भएको एक तथ्यांकले देखाएको छ ।
जुनिपर रिसर्च रिपोर्टका अनुसार स्मार्टफोनको बजारमा अग्रणी बनिसकेको सामसुङले आफ्ना स्मार्टफोनका कारण उपभोक्ताको मन जितिरहेको छ । सामसुङ ग्यालेक्सी स्मार्टफोन पछिल्लो तिन महिनामा मात्र ५ करोड भन्दा बढि गोटा बिक्रि भएको सामसुङको दाबी छ, जबकी यो अवधिमा एप्लले आफ्ना केबल २ करोड ६० लाख आइफोन मात्र बेच्न सफल भएको छ ।
गएको जुनमा बजारमा आएको ग्यालेक्सी एस थ्रीको बिक्रि निकै उत्साहजनक भएका कारण सामसुङले एप्पललाई पछार्ने मौका पाएको हो । ग्यालेक्सी स्मार्टफोनको नविनतम संस्करणका सामु एप्पलको एक वर्ष अघि सार्वजनिक भएको आइफोन ४एस टिक्न गाह्रो परेको विश्लेषकहरु बताउँछन् । त्यसैले ग्यालेक्सी एस थ्री लाई कतिपयले आइफोनको हत्यारा समेत भन्ने गरेका छन्। आइफोनमा भन्दा ठूलो स्त्रिmन,बढि रिजोलुसन तथा एडभान्स फिचरका कारण जुनमा मात्र १ करोड
स्मार्टफोन बिक्रि भएको थियो ।
सामसुङको ग्यालेक्सी एस थ्री ले बजार तताइरहेका बेला एप्पलका उत्पादनका पारखीहरु भने एप्पलको आइफोन ५ पर्खिरहेका छन् ।आउँदो शीतयाम सम्ममा बजारमा आउने अपेक्षा गरिएको आइफोन-५ ले एप्पलको खस्कँदो बजारलाई केही उकास्ने अपेक्षा गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |