अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको क्यूरिओसिटी रोबर्टले आफ्नो काम सुरु गरेको छ । दुई हप्ताअघि मंगल ग्रहमा सफल अवतरण गरिएको क्यूरिओसिटीका ६ वटै पाङग्रा बुधबार घुमेका छन् ।
त्यसपछि रोवर्ट ४.५ मिटर अघि बढ्यो भने घडीको सुई दिशा १ सय २० डिग्रीमा घुम्यो र २.५ मिटर पछि हट्यो । यससँगै रोवर्टको सम्पूर्ण इन्जिनले काम गरिरहेको पुष्टि भएको छ । सेन्सर सर्किटमा क्षति पुगेपछि रोवर्टले काम गर्नेमा धेरैले आशंका गरेका थिए । मंगलग्रहमा मानव जीवनको सम्भाव्यता अध्ययनका क्रममा क्यूरिओसिटी रोबर्टले कम्तिमा २० किलोमिटर दुरी पार गर्नेछ ।
जम्मा ५ मिनेट
यो अभियान पुरा गर्न क्यूरिओसिटी रोबर्टलाई करिव ५ मिनेट समय लागेको थियो । लगभग १० मिनेटमा तस्वीर खिच्न र पहिलो कदम चाल्न लागेको थियो । तस्वीरमा देखिएअनुसार क्यूरिओसिटीको दाँयातर्फको पाँग्रा एक चट्टानका कारण रोकिएको थियो, जुन लगभग ९ सेन्टिमिटर अग्लो छ ।
नासाले राबर्टले पहिलो पाइला राखेको स्थानलाई रे ब्राडबरी (Ray Bradbury) नाम दिएको छ । रे ब्राडबरी गत जूनमा निधन भएका एक लेखक हुन्, जो नासाका प्रशंसक थिए । नासा अभियानका प्रमुख वैज्ञानिक माइकल मेयरले भनेका छन्-’उनको किताबले हामीलाई धेरै प्रेरित गरेको छ ।’
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |