गुगलको इमेल सेवा जिमेल अहिलेपनि विश्वमा सबैभन्दा बढि प्रयोगकर्ता भएको वेबमेल सेवा हो । यसलाई अरु इमेल सेवा भन्दा सुरक्षित तथा छरितो र आकर्षक मानिन्छ । त्यसैले होला सन् २००७ को फेब्रुअरी ७ मा सर्वसाधारणका लागि सार्वजनिक भएको जिमेलका अहिले विश्वभर गरी ४२ करोड ५० लाख सक्रिय प्रयोगकर्ता पुगेका छन् ।
हटमेल तथा याहु जस्ता वेबमेल सेवालाई पछि पार्दै जिमेलले लोकपि्रयता कमाउँदै गएको छ । गुगलले जिमेल सँगै गुगल टकबाट प्रत्यक्ष कुराकानीको सुविधा तथा पछिल्लो समयमा सामाजिक संजालको रुपमा गुगल प्लस पनि ल्याएको छ । सफलतालाई आत्मसात् गर्दै गुगलले सफ्टवेयरबाट
हार्डवेयरको दुनियामा समेत
पाइला अघि बढाइसकेको छ । गुगलले प्रसस्तै सफलता पाएको छ र यसका सेवाहरुले लोकपि्रयता पनि कमाइरहेका छन् तर गुगलको जिमेल सेवामा केही त्यस्ता समस्याहरु छन् जसले प्रयोगकर्तालाई दिक्क पारिरहन्छन् ।
गुगलका झ्याउलाग्दा ५ समस्या यसप्रकार छन् :
१. कहिलेकाहीँ जिमेल दिक्कै लाग्नेगरी निकै धिमा हुन्छ- उच्च क्षमताको इन्टरनेट कनेक्सन, कम्प्युटर तथा सपोर्टिभ ब्राउजर हुँदाहुँदै पनि कहिलेकाहीँ जिमेल लोड हुन निकै समय लाग्छ । इनबक्समा आएका म्यासेज
हेर्नका लागि क्लिक गर्दा तथा डाउनलोड गर्दा कहिलेकाहीँ खुल्दै नखुल्ने तथा खुलेपनि लामो समय लाग्ने समस्या समेत देखा पर्ने गरेको छ । त्यस्तै जिमेलमा म्यासेज सर्च गर्दा चाहिएको कुरा भेट्टाउन लामै समय कुर्नुपर्ने हुन्छ ।
२.चित्त नबुझ्दो नयाँ डिजाइन -गुगलले आफ्नो इमेल सेवा जिमेलको स्वरुपमा बेलाबेलामा नयाँपन ल्याउने गर्छ र प्रयोगकर्तालाई नयाँ डिजाइनमा प्रवेश गर्न सन्देश दिन्छ । नयाँ डिजाइनमा खासगरी टेक्स बटनहरु द्विविधामा पार्ने
खालका भएको प्रयोगकर्ताहरुको गुनासो रहने गरेको छ ।
३.प्रयोगकर्ताका इमेल स्क्यान गर्नु - गुगलले प्रयोगकर्ताका इमेलहरु स्वचालित रुपमा स्क्यान गर्ने गर्छ । यसो गर्दा गुगलले
प्रयोगकर्ताका इमेलहरुबाट विभिन्न सूचनाहरु लिने र प्रयोगकर्ताको प्रकार अनुरुपका विज्ञापनहरु जिमेल पेजमा डिस्प्ले गरिदिने गर्छ । खासगरी आफ्नो व्यापारिक फाइदाका लागि गुगलले जिमेल प्रयोगकर्ताका इमेलहरु अनावश्यक रुपमा चेकजाँच वा स्क्यान गरेर सूचना चोर्ने काम गरिरहेको बताइन्छ ।
४.हावादारी फिचरहरु - गुगलले जिमेल प्रयोगकर्ताको इमेल अकाउण्टमा विभिन्न सन्देशहरु पठाएर आफ्ना फिचर्सको बारेमा जानकारी पठाएतथा त्यस्ता फिचर्स प्रयोग गर्न उक्साएर दिक्क समेत पार्ने गरेको हुन्छ । टास्क तथा गुगल प्लस लगायतका सेवा तथा फिचर्सहरुमा जोडिन बारम्बार दिक्क लाग्नेगरी इमेल पठाउँदा प्रयोगकर्ताहरुलाई झ्वाँक नै चल्छ । खासगरी गुगल प्लसको ह्यांगआउटले धेरैलाई पिरोल्छ । धेरैले जिमेललाई केवल इमेलका लागि मात्र प्रयोग गर्न चाहन्छन्, आफ्नो अकाउण्टमा अनावश्यक कुरा थोपरिएको मन पराउँदैनन् ।
५.अफलाइन मोड केवल गुगल क्रोममा मात्र - गुगलले जिमेलमा अफलाइन मोडको अप्सन केवल गुगल क्रोमको ब्राउजर प्रयोग गर्नेलाई मात्र प्रदान गरेको छ । मोजिल्ला फाएरफक्स तथा इन्टरनेट एक्स्प्लोलर जस्ता ब्राउजरबाट जिमेल लगइन गर्नेलाई यस्तो सुविधा दिइएको छैन । जिमेलको अफलाइन एक्स्टेन्सन अरु ब्राउजरहरुमा पनि उपलब्ध नहुँदा प्रयोगकर्ता सन्तुष्ट हुन सकेका छैनन् ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |