यदि तपाइँलाई लगातार कम्प्युटरमा काम गरिरहनुपर्ने कारणले गर्दा दिक्क महसुस हुने गरको छ भने अब चिन्ता नगर्नुहोस् । किनकी अब बजारमा यस्तो अनौठो माउस आउँदैछ जसले तपाइँको सरीरमा मालिस समेत गरिदिनेछ ।
अमेरिकी कम्पनी आर्ट फ्याक्ट्रीले यस्तो मसाज गर्ने माउस तयार गरेर बजारमा ल्याउन लागेको हो । यो माउसमा शक्तिशाली मसाजर जडित गरिएको हुन्छ जसले लगातार कम्प्युटरमा काम गर्दा थाकेकाहरुलाई मसाज गरिदिएर केही आनन्द दिनेछ । आउँदो जनवरीमा अमेरिकाको लस भेगासमा हुने एक समारोहका बीच कम्पनीले मसाज गर्ने माउस र्सार्वजनिक गर्नेछ ।
यो माउसको स्टाइलिस डिजाइन हुनुका साथै १० भाइब्रेसन मोड,२ प्रकारका भाइब्रेसन प्याट्रन, वायरलेस प्रविधि तथा विन्डोज तथा म्याकिन्टोस प्रविधि सपोर्ट गर्ने खालको रहनेछ ।
कम्प्युटरमा काम गर्दागर्दै थकाइ लागेमा यो माउसको मसाज मोड अन गरेपछि चाहेको ठाउँमा मसाज गर्ने, दुखाइ भगाउने र फेरी स्फूर्तिका साथ काम गर्न थाल्ने कुरा अब यो मसाज माउसबाट सम्भव हुने दाबी गरिएको छ ।
स्रोत: अनलाइन खबर.कम
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |