विश्वभर महिनाको एक अर्ब भन्दा धेरै व्यक्तिले सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्ने गरेका छन् । फेसबुकका संस्थापक मार्क जुकर बर्गले अहिले महिनामा फेसबुक प्रयोग गर्ने गरेको संख्या एक अर्ब नाघेको बताउनुभयो । 

 फेसबुक सन् २००४ मा खुलेको थियो । एक अर्ब मान्छेलाइ सेवा पुर्‍याउन पाउनु आफ्ना लागि गर्वको विषय भएको बताउनुभयो । सबैभन्दा धेरै उत्तर अमेरिकामा ४४ दशमलव ९२ प्रतिशत, दक्षिण अमेरिकामा ३३ दशमलव ९२ प्रतिशत यूरोपमा २९ दशमलव ९६ प्रतिशत, अष्ट्रेलिया र ओशिनिया क्षेत्रमा ४१ दशमलव १४ प्रतिशत, अफ्रिकामा ५ दशमलव १५ र एशियामा ६ दशमलव ६८ प्रतिशतले फेसबुक प्रयोग गर्ने गरेका छन् । 

- एजेन्सीको सहयोगमा

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top