आजभोली निक्कै चर्चामा रहेको शब्द हो - 'मापसे' अर्थात 'मादक पदार्थ सेवन' !! आखिर के हो यो 'मापसे' जांच ?? कसरि काम गर्छ 'मापसे' ले ?? आउनुस मापसे बारे केही तथ्यहरु बुझिराखौं :
यस जांच अन्तर्गत आन्द्राबाट सोसिएर रगत हुँदै फोक्सोमा पुगेर सासबाट बाहिर निस्कने अल्कोहलको मात्रा जांच गरिन्छ
बैज्ञानिक तथ्य अनुसार २१०० मि.लि. सासमा भएको अल्कोहलको मात्रा १ मि.लि. रगतमा भएको अल्कोहलको मात्रा बराबर हुन्छ
यस जांचमा प्रयोग गरिने यन्त्रलाई 'Breathalyzer' भनिन्छ
- जांच गरिने व्यक्तिलाई २ देखि ४ सेकेन्ड मेशिनमा फुक्न लगाइन्छ
- केमिकल रियाक्सनको आधारमा हुने रंग परिवर्तनको मात्रालाई विश्लेषण गरेर सासमा भएको अल्कोहलको मात्रा अर्थात रगतमा भएको अल्कोहलको मात्रा टुंगो लगाइन्छ यन्त्रभित्र Sulphuric Acid, Potassium Dichromate, Silver Nitrate र पानि राखिएको हुन्छ,
- जसमा Sulphuric Acid ले सासबाट अल्कोहल छुट्टाउने काम गर्दछ, Silver Nitrate ले उत्तेजक को काम गर्दछ भने Potassium Dichromate र अल्कोहल को Reaction हुने क्रममा पहिले भएको सुन्तला रंग हरियो रंगमा बदलिन्छ.... जति कडा मात्रा भयो उति हरियो रंगको गाढापन बढ्ने हुन्छ |
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |