प्रविधिको विकासले संसारलाई क्षणक्षणमा नयाँ ग्याजेटसँग साक्षात्कार गराउँदैछ । प्रविधिका पण्डितको भविष्यवाणी सुनौं, आगामी केही वर्षभित्रै प्रविधिमा अद्भूत परिवर्तन आउने छ । अर्को वर्ष विद्युतीय कागजको विकास हुनेछ । मोबाइल फोनमा ब्रोडब्यान्डकै स्पिडमा डाटा डाउन/अपलोड गर्ने गरी फोरजी सुविधा आउनेछ।
त्यसको अर्को वर्ष टेराबाइड स्टोरेज क्षमताका मेमोरी कार्ड उपलब्ध हुनेछन् । त्यसपछिका वर्षमा सूर्यको किरणले पार्ने असरबाट बच्ने सनस्त्रिmन पिलको आविष्कार हुनेछ । आगामी ८ वर्षभित्र घाउमा टाँचा लगाउने लेजर पेन, सुपर हाइस्पिडमा डाटा ट्रान्सफर गर्ने लाइट पिक प्रविधि, फ्युजन रियाक्टरबाट ऊर्जा, कहिल्यै दुर्घटना नहुने क्र्यास प्रुफ कारको विकास हुनेछ ।
सुन्दै अचम्म लाग्ने ! दशकअघि र्फकनुस् त ! अहिले तपाईंले प्रयोग गर्दै आएका प्रविधि कहाँ थिए ? फोटो खिच्दै हिँड्दा कहिले रिल सकिएला र धुलाएपछि हेरौंला भनेर अधिरताका साथ पर्खिएको अस्तिजस्तो लाग्छ।आउने दिनका नयाँ प्रविधिबारे चर्चापछि गर्दै गरौंला । यहाँ भने एक दशकमै डाइनोसरझैं लोप भएर गएका केही प्रविधिबारे नयाँ पुस्तालाई जानकारी गराउन खोज्दैछु । नयाँ पुस्ता कतिपयले भने तिनको अनुहारै हेर्न पाएका छैनन् ।
तिनको म्युजियम पनि बनेको छैन । कहाँ पाएर हेर्लान् तिनले ? कुनै बेला क्यामेरामा फिल्म -रिल) हालेर फोटो खिचिन्थ्यो । त्यतिखेर निकै चल्तीका कोडाक, यासिकालगायतका कम्पनीका क्यामेरा निकै चल्तीमा थिए । तिनमा कोडाक, कोनिका, फुजी, अग्फाजस्ता कम्पनीका रिल हालिन्थ्यो । रिलमा लाइट पर्न नहुने फोटो, उडी हाल्ने । फोटो खिचिसकेपछि रिल अनलोड गरेपछि मात्र धुलाउन पाइने ।
रिललाई पहिले डेभलप गरेर नेगेटिभ तयार गरिन्थ्यो । त्यसलाई धुलाएर फोटो निकालिन्थ्यो । डिजिटल प्रविधिले त्यसलाई विस्थापन गर्यो । चन्द्रमाको पहिलो तस्बिर खिच्ने कोडाक कम्पनी प्रविधिको विकासमा टिक्न नसकेर टाट पल्टियो । नेपालमा ५ वर्षअघि ३ सय ४५ कलर ल्याबले फोटो धुलाउने मेसिन कौडीको भाउमा -प्रतिमेसिन ६ हजार) रुपैयाँमा बेचे ।
कलर ल्याब एसोसिएसनका अनुसार यो व्यवसायमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी डुब्यो । अहिले रिल हाल्ने क्यामेरा कबाडीमा गइसके । कतिपयले म्युजियमको शोभा बढाउँदै छन् । रिल प्रयोग गरिने क्यामेरालाई सोकेसमै थुपारेर राखेका न्युरोडस्थित ग्यालेक्सी फोटोका सञ्चालक सुरेन्द्र महर्जन यस्ता क्यामेरा कोही किन्न आए कौडीकै भाउमा दिन तयार छन् ।
दशकअघिसम्म अडियो/भिडियो क्यासेटले धनीको स्ट्याटस बनाउँथे । वाकम्यानमा क्यासेट राखेर सुन्दै हिँड्दा त्यतिखेरका युवाको आफ्नो शान बढेको ठान्थे । विस्तारै चिनियाँ सस्ता क्यासेट प्लेयर बजारमा आएपछि भरियाको काँधमा समेत झुन्डिन थाल्यो । तीन वर्षयताकै परिवर्तन हेरौं । सबैका क्यासेट प्लेयर थन्किएका छन् । भीसीआरको नामो निसानै छैन ।
डिजिटल प्रविधि भित्रिएपछि संगीत उद्योगहरूमा थुपि्रएको १ करोडभन्दा बढी क्यासेट चक्का २५ रुपैयाँ किलो बेचेको संगीत उद्योग संघका अध्यक्ष पदम बुढा सम्झन्छन् । डिजिटल प्रविधि भित्रिएपछि करोडभन्दा बढी पर्ने अडियो रेकर्डिङ लुप मेसिनसमेत बेकामे भए । बजारमा विभिन्न कम्पनीले भित्र्याएका १५ भन्दा बढी त्यस्ता मेसिन थिए ।
भिडियो/अडियो क्यासेट प्लेयर घरघरमा कति थन्किए वा कबाडीमा बेचिए भन्ने कुनै लेखाजोखा छैन । कुनै समय डाटा बोक्न साना क्षमताका फ्लपी डिस्क भरपर्दा माध्यम थिए । कम्प्युटरमा फ्लपी रिड गर्ने छुट्टै ड्राइभ हुन्थ्यो । ती सुरुमा २ सय एमएम, त्यसपछि १ सय ३३ एमएम हुँदै ८९ एमएम साइजमा आएका ती डिस्केटको अहिले नाक, मुखै देख्न पाइँदैन ।
डिस्केट सुरु -सन् १९७१) मा उत्पादन गर्दा ७९.७ किलोबाइट स्टोरेज क्षमता थियो । पछिल्लो पटक सन् १९९९ मा उत्पादन भएको फ्लपीको क्षमता २ सय एमबी थियो । अहिले यूएसबी ड्राइभ टेराबाइट क्षमताका छन् । एमबी क्षमताबाट माथि नगएका भद्दा फ्लपीको के काम ? क्यामेराको रिल, अडियो/भिडियो क्यासेट, फ्लपीजस्ता सिल्भर हेलाइड -चाँदी मिसाएर बनाइने ) सबै प्रकारका प्रविधि कामै नलाग्ने भए ।
पहिले नेगेभिट बनाएर पोजेटिभमा उतारिने एक्सरे, प्रेसमा छाप्न नेगेटिभ प्लेट बनाउने मेसिनलगायतको त्यही हालत भयो । एक समय थियो, फ्याक्स मेसिनबाट कुनै कागजातको प्रतिलिपि एक ठाउँबाट अर्कोमा पुर्याउनु अचम्मको थियो । अझै सरकारी कार्यालयमा यसले आधिकारिक पत्रको मान्यता पाउँदै आएको छ । व्यक्तिगत प्रयोगमा भने सर्वसाधारण फ्याक्सको प्रयोगबाट मुक्त हँुदैछन् ।
इमेलमार्फत कुनै पनि डकुमेन्टको फाइल, स्क्यान, फोटो, पीडीएफलगायत सफ्टकपी पाइन थालेपछि हार्डकपीलाई कसले पर्खेर बस्ने ? त्यसमा पनि पठाएका बेला, टेलिफोन, बिजुली र रिसिभ गर्ने व्यक्ति तम्तयार भएर बस्नुपर्ने झन्झटिलो प्रविधिलाई पछिल्लो पुस्ताले कसरी देखिसहोस् ! नक्साले बाटो देखाउन सघाउँछ ।
के अब नक्सा आवश्यक छ ? गुगलले डिजिटल म्याप कम्प्युटरमै उपलब्ध गराउँछ । त्यसमा पनि स्मार्टफोन छ भने ग्लोबल पोजिसनिङ सिस्टम -जीपीएस) मार्फत मोबाइलको स्त्रिmनमा एक टच गर्नासाथ चाहिएको ठाउँमात्र हैन, पेट्रोल पम्प, रेस्टुरेन्ट, एटीएम मेसिनको लोकेसन पाउन सकिन्छ । त्यतिमात्र कहाँ हो र ?
नेभिगेटरले कसैलाई गन्तव्यमा 'लेफ्ट, राइट, स्ट्रेट' भन्दै डोर्याउँदै पुर्याउनेछ । अब कसैले कागजको नक्सा बोकेर हिँड्नुपर्ला र ? कुनै समय एप्पलले बेचेर अधिक पैसा कमाएको आइपडसमेत संग्रहालयको शोभा बढाउने दिनदेखि टाढा छैन । मोबाइलमै सबै सुविधा भएपछि गीत मात्र सुन्ने आइपडको के काम ?
हुन त उसले प्रतिस्पर्धामा टिकाइराख्न आइपड क्लासिक, टचजस्ता मोडलमा भिडियो/फोटो हेर्ने, एफएम सुन्ने, गेम खेल्ने, भिडियो रेकर्डिङ गर्ने, इन्टरनेट सफिर्ङ गर्ने, आइक्लाउडमा डाटा स्टोर गर्ने सुविधा थपेको छ । त्यसले मात्र उसलाई कति दिन टिकाउला ? सफल, नानोको हालत पत्ला हुँदैछ । एमपीथ्री, एमपीफोरलगायतका ग्याजेटको अवस्था उस्तै छ ।
लेखक:लीलानाथ घिमिरे
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |