स्टिम कोषको अनुसन्धानमा योगदान पूराएवापत दुई जना वैज्ञानिकले यो वर्षको चिकित्सा तर्फको नोबेले पुरस्कार प्राप्त गरेका छन् ।
स्टिम कोषको अनुसन्धानका सूत्रधारका रुपमा रहेका बेलायती वैज्ञानिक जोन गुर्डोन र जापानी वैज्ञानिक शिन्या यामानाकालाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको हो । अरु वयस्क कोषलाई स्टिम कोषमा परिवर्तन गरी कोष विज्ञानमा क्रान्ति ल्याएको ठहर गर्दै नोबेल पुरस्कार कमिटीले यी दुइ वैज्ञानिकलाई नोबेल पुरस्कारका लागि छनोट गरेको हो ।
वैज्ञानिक गुर्डोनले अन्ननलीको कोषको प्रयोग गरी भ्यागुताको क्लोन तयार पारेका थिए भने यामानाकाले वयस्क कोषका जिनमा परिवर्तन गरी स्टिम कोषमा रुपान्तरण सम्भव पारेका थिए । स्टिम कोष भनेका यस्ता कोष हुन् जुन अरु जुनसुकै प्रकारका कोषमा रुपान्तरण हुन सक्छन् ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |