अमेरिकी राष्ट्रपति बाराक ओबामाको फेसबुक पेज दिनहुँ लाखौँ जनाले लाइक गर्ने गरेका छन् । पछिल्लो समय ओबामाको फेसबुक पेजमा लाइक गर्नेहरुको संख्या अविश्वसनीय रुपमा बढ्दै गएको छ र ओबामाको फेसबुकले एकैदिनमा दश लाख भन्दा बढि लाइक पाउने गरेको छ, जबकी केही हप्ताअघिसम्म मात्र यो संख्या दिनहुँ ३० हजारको हाराहारीमा थियो ।
आगामी राष्ट्रपतिय चुनावलाई लक्षित गर्दै ओबामाले सुरु गरेको समन्वयात्मक सामाजिक संजाल अभियानका कारण उनको फेसबुक पेजमा मन पराउनेहरु ओइरिएको बताइन्छ । ओबामालाई चुनावमा जिताउनका लागि उनको टिमले फेसबुकमार्फ केही प्रायोजित विषयवस्तुहरु प्रकाशित गर्ने गरेको छ जुन फेसबुक प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा देखा पर्छन् । यसो हुँदा ओबामाको बारेमा आफ्नो वालमा आएको समाचार क्लिक गरेर पढ्न युजर्सलाई करै लाग्छ र अन्त्यमा ओबामाको फेसबुक पेजलाई लाइक नगरिरहन सक्दैन ।
ओबामाको यस्तो फेसबुक अभियानले प्रसस्तै लाइक प्राप्त गरेपनि यसले साँच्चीकै बफादार मतदातालाई भने निरास बनाउन सक्ने वा बिच्काउने खतरा समेत रहेको कतिपय विश्लेषकको दाबी छ । कतिपयले आफ्नो फेसबुकमा ओबामाका प्रायोजित कथा देखिएकोमा तत्कालै आपत्ती समेत जनाउने गरेका छन् र ओबामाको सस्तो लोकप्रियता कमाउने यस्तो दाउको कडा आलोचना गर्ने गरेका छन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |