धेरै भएको छैन, बाटोमा ब्लुटुथमा एकोहोरो बोल्दै हिँडेको मान्छेलाई बहुलाएछ भन्ने गरेको । केही समय अगाडिको यो घटना अब पुरानो भइसक्यो । प्रविधिले फड्को मारेसँगै ब्लुटुथ विस्तारै सामान्य बन्दै गयो । अबको केही समयमा चस्मा लगाएर कोही टाउको ढल्काउँदै हिँडेमा बहुलायो, केही रोग लाग्यो भनिहाल्नु नहोला ।

'टर्मिनेटर', 'आइरनम्यान' जस्ता हलिउड मुभीमा देखाइएका 'कम्प्युटराइज्ड' चस्मा काल्पनिक लाग्थे । यो कल्पना अब छिट्टै नै यथार्थमा बदलिँदै छ । 'सर्च इन्जिन जाइन्ट' गुगलले वर्षको अन्त्यतिर बजारमा यस्तै खाले नयाँ ग्याजेट -चस्मा) 'गुगल ग्लासेज' बजारमा तयारी गर्दैछ । ब्लुटुथमा बोल्दै हिँडेजस्तै यो गुगल ग्लास टाउको ढल्काउँदैै चलाउनुपर्नेछ ।

'बाटोमा गगल्स लगाएर टाउको ढल्काउँदै हिँड्ने मान्छे कस्तो अनौठो देखिन्छ होला ?,' मायामी विश्वविद्यालय ओहायोका कम्प्युटरसाइन्सका निर्देशक विलिम वि्रङ्कम्यानले न्युयोर्क टाइम्सलाई भनेका छन्, 'ती व्यक्तिले के देखिरहेका छन् हामी देख्दैनौं । हामी उसको जीउको हाउभाउमात्र देख्छौं, त्यसैले अचम्म लाग्नु स्वाभाविक हो ।'

गुगल ग्लासेज अरू सामान्य चस्माजस्तो नियमित प्रयोग भने गर्न सकिँदैन । यो त्यसका लागि बनाइएको पनि होइन । तर गुगलले यसलाई केहीले धेरैभन्दा धेरै समय सामान्य प्रयोगमा लगाउने अपेक्षा गरिएको छ । गगल्सले स्मार्टफोन काम गर्नेछ जसका लागि लेन्सहरूले डिस्प्लेको भूमिका निभाउनेछ ।

सामान्य गगल्सको प्रयोगमा रहेको गुगल ग्लासलाई स्मार्टफोनमा ढाल्न टाउको ढल्काए पुग्ने गुगलको भनाइ छ । स्मार्टफोनमा रमाउनेले अब आपmना औंलालाई विश्राम दिने दिन पनि धेरै टाढा छैन । अब टाउको ढल्काउँदै 'गुगल ग्लास' बाट इन्टरनेट सफिर्ङ र इमेलमात्र होइन फोन पनि गर्ने सुविधा प्राप्त हुनेछ ।

स्मार्टफोनमा विशेष गरी गुगलको लोकपि्रय ग्याजेट अपरेटिङ सिस्टम 'एन्ड्रोइड' सँग परिचित हुनुहुन्छ भने गुगल ग्लास कसरी चलाउने विषयमा धेरै चिन्ता पनि लिनु पर्दैन । गुगल ग्लासमा पनि स्मार्टफोन र ट्याब्लेटमाझ लोकपि्रय 'एन्ड्रोइड' को प्रयोग हुनेछ र इन्टरनेट, एसएमएस इमेल प्रयोगलाई अझ सरल बनाउनेछ ।

साथै 'थ्री जी' अनि 'फोर जी' सुविधाले प्रयोगकर्तालाई ग्लाससँग व्यस्त राख्नेछ । फोन गर्नका निमित्त ग्लासमा माइक्रोफोन जडान गरिएको हुनेछ । ग्लासको विशेषता यतिमा सीमित रहन्न । समाचार एजेन्सीहरूले गुगलले ल्याउन लागेको नयाँ उत्पादनलाई महत्त्व दिएका छन् । ग्लासमा भएको लो रिजोलुसन क्यामराले वरिपरिको जानकारी बटुली वरपर हुन सक्ने साथीको पनि जानकारी गराउन सक्नेछ । यसको 'फेस-रिकगनिसन' सपmटवेयरले आपmनो अगाडि उभिएको व्यक्तिलाई कहाँ र

कहिले भेट्नुभएको थियो सम्झाउनसमेत सक्नेछ । अरू स्मार्टफोनमा जस्तै ग्लासमा पनि जीपीएस प्रविधि सुविधा हुनेछ ।

गेमिङ एप्लिकेसनहरू स्मार्टफोनका शोभा हुन्, यस्तो अवस्थामा गुगल ग्लास पनि गेमिङबाट कसरी छुट्टएिर बस्न सक्ला । अनौठो देखिए पनि 'रियल वल्र्ड' लाई खेल मैदान बनाएर 'भर्चुयल रियालिटी गेम्स' खेल्नका लागि गुुगल ग्लासको भरपुर प्रयोग हुन सक्नेछ । 'गुगल ग्लासलाई न्यूनतम मूल्यमा चाँडै बजारमा ल्याउन गुगल इन्जिनियरहरू माउनेट भिउ, क्यालिफोर्नियास्थित गुगलको गोप्य प्रयोगशालामा व्यस्त छन् ।'

रोयटर्सले एप्पलको आइफोनभन्दा कम मूल्यमा बजारमा तयारी भइरहेको छ भने एप्पल पनि यस्तै महत्त्वकांक्षी ग्याजेट विकासमा लागिपरेको जानकारी दिएको छ । कहिले बजारमा आउने निश्चित नभएको उत्पादन सन् २०१२ को अन्त्यसम्म बजारमा आइपुग्ने अपेक्षा गरिएको छ । हेरौं गुगलको यो महत्त्वाकांक्षी उत्पादन तपाईं हाम्रो हातमा कहिले आइपुग्ने हो ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top