वैज्ञानिकहरुले नियमित एस्पिरिनको सेवन गर्ने मानिसहरुमा वंशाणुगत क्यान्सर विकाश हुने खतरा आधाले घट्ने तथ्य पत्ता लगाएका छन् । क्यानडाको क्विन्स विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनले एस्पिरिनको सेवन गर्ने मानिसमा पाठेघर तथा पेट जस्ता अंगमा हुने वंशाणुगत क्यान्सरको खतरा अरु मानिसमा भन्दा आधाले कम हुने देखाएको हो ।

अनुसन्धानकर्ता तथा चिकित्सकहरुले दशकौँसम्म गरेको अनुसन्धानका क्रममा विभिन्न १६ वटा देशका ४३ वटा केन्द्रमार्फत झण्डै १ हजार जना विरामीको नियमित चेकजाँच र निगरानी गरिएको थियो । त्यसक्रममा नियमित एस्पिरिन लिने विरामीहरुमा पेट र पाठेघरको क्यान्सरको दर अरु सामान्य विरामीमा भन्दा ५० प्रतिशत कम पाइयो ।

अनुसन्धानकर्ताहरुले एस्पिरिनको क्यान्सर निरोधक भूमिकाका बारेमा प्रष्ट पार्दै भनेका छन् की एस्पिरिनले सरीरमा क्यान्सर विकशित गराउने कोषिकाहरुलाई प्रारम्भिक चरणमै नष्ट गर्दन जसका कारण मानिसको सरीरमा क्यान्सर विकशित हुन पाउँदैन । एस्पिरिन खाने मानिसहरुमा अरु सामान्य मानिसमा जस्तै प्राथमिक चरणका क्यान्सर कोषिकाहरु विकशित हुने भएपनि ती कोषिकाहरु थप वृद्धि हुन नपाउँदै एस्पिरिनको रसायनका कारण नष्ट हुने वैज्ञानिकहरुको दाबी छ ।

अनुसन्धानमा सहभागि प्राध्यापक प्याटि्रक मोरिसनले पछिल्लो खोज क्यान्सरको निवारणमा महत्वपूर्ण कोषेढुगो भएको बताएका छन् । खासगरी बाबु बाजे क्यान्सरका रोगी भएको अवस्थामा पछिल्लो पुस्ता समेत वंशाणुगत क्यान्सरको खतरामा रहने हुँदा त्यसको रोकथाममा एस्पिरिनको प्रयोग सार्थक हुनु खुसीको समाचार भएको मोरिसन बताँछन् ।

तर क्यान्सरको रोकथाम गर्छ भन्दै जथाभावी एस्पिरिन भने खान नहुने चिकित्सकहरुको भनाइ छ । दुखाइ तथा ज्वरो कम गर्न खाइने एस्पिरिन जथाभावी खाँदा पेटको अल्सर समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top