नासाको अन्तरिक्ष यान मार्स रोभर सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । प्रतिकुल मौसमका कारण अवतरणमा कठिनाइए उत्पन्न हुनसक्ने र मंगलग्रहमा आइरहने धुलाम्य आँधीले बाधा पुर्याउन सक्ने आशंका गरिएको मार्स रोभर सफलतापूर्वक अवतरण गरेको हो ।

अहिलेसम्मकै सबैभन्दा ठूलो र खर्चिलो तथा अत्यन्तै महत्वाकांक्षी मानिएको क्युरोसिटी नामक उक्त मार्स रोभरलाई गतबर्ष सन् २०११ नोभेम्बरमा प्रक्षेपण गरिएको थियो ।

यो रातो ग्रहमा कम्तीमा दुई बर्षसम्म सक्रिय रहने र यस अवधिमा यसले मंगलग्रहमा रहेका खाल्डोहरुको अध्ययन गर्नेछ । साथै यसले मंगलग्रहमा पानीको अवस्था र जीवनको संकेत खोज्ने छ ।

यो एउटा मोटरबाट चल्ने बाहन हो र यसले पृथ्वीबाट पठाइएका निर्देशन पछ्याउदै मंगलधर्तीमा बिचलन गर्नेछ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top