एप्पल र सामसुङको लडाइँ उत्कर्षमा, सामसुङमाथि १ अर्ब डलर जरिवाना
दक्षिण कोरियाली कम्पनी सामसुङ तथा अमेरिकी कम्पनी एप्पलबीचको कानुनी लडाइँ उत्कर्षमै पुगेको छ । यी दुइ प्रतिस्पर्धी कम्पनीबीच प्याटेन्ट अधिकारको विषयमा चलिरहेको लडाइँमा पछिल्लोपटक सामसुङलाई निकै ठूलो झट्का लागेको छ ।
एक अमेरिकी अदालतले एप्पलको प्रतिलिपि अधिकार हनन गरेको भन्दै सामसुङ कम्पनीमाथि १ अर्ब डलर जरिवाना गर्ने फैसला सुनाएपछि सामसुङलाई ठूलो आर्थिक क्षति मात्र पुगेको छैन प्याटेन्टको लडाइँमा एप्पलसँग एक पटक फेरी चुक्नुपरेको छ ।
क्यालिफोर्नियाको प्रान्तिय अदालतले सामसुङले आफ्ना केही उपकरणमा एप्पलको सफ्टवेयर तथा डिजाइनको प्याटेन्ट हनन गरेको ठहर गरेको छ । साथै अदालतले एप्पलले आफ्नो प्याटेन्ट अधिकार उल्लंघन गरेको भन्ने सामसुङको दाबीलाई खारेज गरिदिएको छ । यो फैसलासँगै अब एप्पलले सामसुङका केही उपकरणको अमेरिका आयातमा प्रतिबन्ध लगाउने माग गर्न सक्नेछ । स्मरण रहोस् आफ्नो प्रतिलिपि अधिकार हनन भएको भन्दै एप्पलले साढे २ अर्ब डलर क्षतिपर्ुर्तिको माग गर्दै सामसुङ विरुद्ध मुद्दा हालेको थियो । आफ्ना ७ वटा प्रतिलिपि अधिकार सामसुङले चोरेको एप्पलको आरोप दाबी थियो ।
उता सामसुङले भने आफुमाथिको आरोप इन्कार गर्दै उल्टै एप्पलले आफ्ना ५ वटा प्याटेन्ट अधिकार चोरी गरेकाले ५२ करोड डलर क्षतिपर्ूर्ति दिनुपर्ने माग गरेको थियो । यसरी दुबै पक्षका मागदाबीलाई प्रान्तिय अदालतको नौ सदस्यीय बेन्चले लामो बहस गरी फैसला गरेको हो ।
एप्पल र सामसुङबीचको प्याटेन्ट अधिकारको लडाइँ अमेरिकामा मात्र नभएर बेलायत, दक्षिण कोरियार्,जर्मनी तथा अस्ट्रेलिया लगायतका देशमा पनि चलिरहेको छ । १ दिनअघि मात्र दक्षिण कोरियाली अदालतले दुबै कम्पनीले एक अर्काको प्याटेन्ट अधिकारको उल्लंघन गरेको भन्दै दुबै कम्पनीका केही उत्पादनमाथि प्रतिबन्धका साथ आर्थिक जरिवानाको फैसला गरेको थियो ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |