साउन १३ - सरकारले नवीकरणीय उर्जामा दिने अनुदान बढाउने भएको छ । अल्पसंख्यक, दुर्गम क्षेत्रका गरीब नागरिकलाई केन्द्रमा राखेर सरकारले अनुदानको निर्धारण गर्ने गरि नयाँ योजना ल्याउन लागेको हो । आर्थिक अवस्था केही बलियो हुनेले नवीकरणीय उर्जाको प्रयोग गरेको तर बास्तविक गरीब लगायत अल्पसँख्यक तथा दुर्गम क्षेत्रका नागरिकमा नवीकरणीय उर्जाको पहुँच नपुगेको भन्दै यसअघि दिँदै आएको अनुदान रकम केही बढाउने तयारी सरकारको छ ।
एक महिनाभित्र नवीकरणीय उर्जाको अनुदान सम्बन्धी नयाँ नीति आउने बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र जलबायु तथा कार्वन ईकाई म्यानेजर राजु लौडारीले जानकारी दिनुभयो । अनुदान दिने रकम तथा स्तर निर्धारण गर्न डाक्टर गोविन्द नेपाल सहितको विज्ञको टोलीलाई
जिम्मा लिएको लौडारीले बताउनुभयो । विज्ञको टोलीले नविकरणीय उर्जा अन्तर्गत बायो ग्यास, सोलार, लघु उर्जा, सुधारिएको चुलो, सुधारिएको घट्ट लगायतमा दिने अनुदानको टुंगो लगाउनेछ ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |