फेसबुक : प्रयोग थरीथरी


अमेरिका बस्ने मोतिकृष्ण न्यौपानेले नेपाल बस्ने आफ्ना साथीहरुको हरेक गतिबिधि थाहा पाउँछन् दुवईमा बस्ने ध्रुव न्यौपानेमा थुप्रै साथीसँग फुस्रदको समय च्याटबाटै गफिन्छन् । बेलायत बस्ने सन्तोषले बाल्यकालका सबैलाई अहिले भेट्न पाइरहेका छन् । बेलायत बस्ने रामकुमार श्रेष्ठ लगायत साथीहरुले फेसबुकबाटै कपिल वस्तु अभियान चलाइरहेका छन् । हो फेसबुकबाटै सम्बन्ध बढेको छ सम्पर्क बढेको छ आफ्ना कुराहरुका प्रचारप्रसार बढेको छ । आफ्ना गतिबिधि पारदर्शी बन्ने गरेका छन् । फेसबुक प्रयोग गरेर अनुराधा कोइराला सीएनएनको उपाधि जित्न सफल भइन् । सामाजिक साजाल फेसवुकले संसारलाई एउटै नेटवर्कमा जोडेको छ । र वास्तवमै जोडिदैछ विश्व !
सामाजिक साजाल जसले व्यक्ति व्यक्तिलाई जोडिदिन्छ । बर्षौ भेट नभएको साथी यसले भेट गराईदिन्छ । कहिल्यै नदेखेको मित्रलाई भेटाइदिन्छ । थुप्रै अपरीचितलाई परीचित बनाइदिन्छ । यही हो सामाजिक संजालको वास्तविक अर्थ ।
त्यही सामाजिक साजाल फेसवुक अहिले युवाहरुको क्रेज बनेको छ । ५० करोड यसका सकि्रय प्रयोगकर्ता छन् भने प्रयोग गर्नेको संख्या झन्डै दोब्बर । सबैले छुट्टाछुट्टै तरिकाले प्रयोग गरेको देखिन्छ फेसवुक साजाल । नेपालमा पनि साढे ६ लाखले सकि्रय रुपमा फेसवुक प्रयोग गर्ने अनुमान गरिएपनि वास्तविक तथ्याङ्क त्यो भन्दा निकै माथि हुनसक्ने अनुमान छ ।
यसका थुप्रै सकारात्मक नकारात्मक पाटाहरु छन् । यसलाई प्रत्येक व्यक्तिले आ-आफ्नै तरिकाले प्रयोग गरेका छन् । धेरै रमाएका छन् तर कतिपयलाई तनाव पनि यसले दिएको छ । पाल्पाकी चन्द्रिका थापाको फेसवुकमा अहिले ४ हजार साथी छन् चितवनकी सुमित्रा घिमिरेको २ हजारसँग सम्पर्क बढेको छ । बुटवलकी उषाले फेसवुकबाटै दर्जनौ साथी पाइन् काठमाडौँका भुपराजको सम्पर्क अहिले न्यूयोर्क बस्ने आर।सी बरालसँग छ तेह्थुमका तेजेन्द्रले मेक्सिकोकी मोमान्डासँग प्रेमलाप गर्छन् । यो सबै फेसवुकबाट जोडिएका फेस हुन । फेसवुकबाटै सबैले आ-आफ्नै स्वार्थ पुरा गरेका छन् । कसैले आफ्नो सिर्जना बिक्री गरेका छन् त कसैले आफ्नो बस्तुको प्रचार गर्न पनि फेसवुकलाई नै माध्यम बनाएका छन् । अझ धेरै त प्रतिकि्रया टिप्पणी जान्न र बुझ्न यसको प्रयोग व्यापक देखिन्छ । क्या गजब छ फेसवुक खोटाङका टेनिस रोक्का भन्दै थिए ।
त्यही फेसवुकले यस्ता थुप्रै परिवारहरुलाई रुवाएको पनि छ र बिछोड पनि गराएको छ । यसको दूरुपयोग गर्नेहरुबाट थुप्रै पीडित बनेका उदाहरणहरु पाइन्छन् । अर्कैको नाममा एकाउन्ट खोलेर दुःख दिने प्रशस्त घटनाहरु पनि पाइएका छन् । विशेष गरी महिलाको फेसबुकमा नानाथरी कुरा लेखी दिने अश्लिल फोटोहरु राखिदिने गरिन्छ । थुप्रै पुरुषले महिलाको नाममा एकाउन्ट खोलेर जिस्कने अनेक कुरा गर्ने गरेको बताउँछिन् चन्द्रिका । यस्ता कि्रयाकलापबाट पीडित बनेर प्रहरीमा उजुरी दिनेहरुको संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । तर प्रहरीले दोषी पक्रेर कारवाही गरेका घटना बिरलै छन् ।
अनुसन्धानका अनुसार फेसवुकमै भेट भएर विवाह गर्नेको संख्या दशप्रतिशत नाघेको छ । फेसवुक प्रयोगबाटमात्रै २० प्रतिशत प्रेममा परेका छन् फेसवुकमा भेट भएर ११ प्रतिशतले सेक्स गर्ने गरेका छन् । यसको प्रयोग कसरी गर्ने भन्ने कुरामा भर पर्छ । फेसवुक दुरुपयोगका घटना प्रशस्तै नसुनिएका होइनन् । तर यसले सुरक्षित हुने निकै उपाय दिएको छ । दुवैको सहमतिमा मात्रै साथी हुन सकिन्छ साथी चित्त नबुझे आफ्नो लिष्टबाटै हटाउन सकिन्छ आफ्नो प्रोफाइन अरुले हेर्नै नमिल्ने बनाउन सकिन्छ । यी सबै सुरक्षित हुने उपाय हुन् । फेसबुक खोल्ने तर त्यस भित्रका प्राविधिक कुरा नजान्दा चाहेर पनि त्यस्ता कुराबाट सर्तक रहन नसकेको गुनासाहरु आउने गर्दछन् ।
फेसबुकमा सबैले आफ्नो यथार्थ कुरा राख्छन् भन्ने पनि छैन । अध्ययनले फेसवुकमा भएका ८० प्रतिशत विवरण झुठा हुने गरेको देखाएको छ । हुनत अनुसन्धानकर्ताहरुले सबै साँचो विवरण फेसवुकमा राख्न नराख्न पनि सुझाएका छन् । उनीहरुले सबै ठेगाना जन्ममिति नाम लगायत पुरै यथार्थ विवरण राखियो भने गलत प्रयोग हुन सक्ने चेतावनी दिएका छन् ।
युवाहरुको ध्यान युवतीतिर युवतीहरु अफलाइन
विराटनगरकी तृप्ती गौतम फेसबुक आजभोलि निकै कम चलाउँछिन् । फेसवुक अन गर् यो भने युवाहरुले ुहाएु गरिहाल्छन् । हुनत उनले छानेरै फेसवुक साथी बनाएकी छिन् । तैपनि युवाहरु फेसवुकमा युवतीहरु देख्नासाथ ‘हाए’ भनिहाल्छन् । युवाहरुको यो बानीबाट युवतीहरु बेचैन छन् । कुरा त गर्नु के कुरा गर्नु जतिखेर पनि दोलखाकी कालिकाले भनिन् । उनले आक्रोशित हुँदै भनिन् ‘अधिकांश युवाहरुको नियत खराब छ फेसवुकमा युवती देख्नासाथ हाए गर् यो । चिन्दै नचिलेकाहरुलाई पनि हाए गर्ने एक दुई पटक रेस्पोन्स नगरेपछि त बुझ्नु नि देख्यो कि त ‘हाए…नमस्ते गरिहाल्नुपर्छ ‘
दाङका कृष्ण पछिल्लो समय बेचैन छन् । उनलाई कुनै केटीले हैरान पारेर भने होइन । उनको गुनासो फुस्रदको समय फेसवुकमा बस्यो युवतीहरु अनलाइनमै नभेटिने । फेसवुकमा केटी साथीहरुसँग कुरा गर्न नपाए मज्जै हुँदैन उनी भन्छन् । कतारमा बस्ने दिपकको फेसबुक खोल्ने एउटा महत्वपूर्ण लक्ष्य हो युवती साथी बनाउनु । हुन पनि उनका थुप्रै केटी साथी पनि बनेका छन् फेसवुकबाटै फेसवुकबाटै उनको प्रेमालाप हुन्छ । अधिकांश युवाको चाहाना त्यही नै हो ।
फेसवुकबाट अभियान
पछिल्लो समय यही लोकपि्रय सामाजिक साजाललाई प्रयोग गरेर थुप्रै अभियान चलेका छन् । आफ्ना गीत फिल्म सामाग्रीका प्रचारप्रसार फुसवुकबाटै हुने गर्दछन् । पछिल्लो समय सीएनएन हिरो बनेकी अनुराधा कोइराला फेसवुक प्रचारप्रसारबाट नै प्राप्त चारलाख मतले सीएनएन हिरो बन्न सफल बनेकी उनका सहयोगीहरुले बताएका छन् । त्यस्तै भारतले आफ्नो देशमा नक्कली कपिलवस्तु बनाएर गौतम बुद्ध आफ्नो देशमा जन्मेको पुष्टि गर्ने प्रयत्न गरिरहेकोमा विभिन्न देशमा रहेका व्यक्तित्वहरुले फेसबुकमार्फत कपिलवस्तु बचाउ आन्दोलनको प्रचार प्रसार मात्र गरेका छैनन् यसको सन्जालनै विश्वव्यापी बनाएका छन् । यसले संचालन गरेको अभियानबाट सफलता पनि मिलेको अभियानकर्ताहरुले बताएका छन् । दुई बर्ष अघि संचालित अभियानमा हजारौँ जोडिइसकेका छन् । भने बुद्ध भारतमा जन्मेका हुन भन्ने केही भ्रम चिर्न सफल पनि भएका छन् । पछिल्लो समय राम्रा कुराहरुको लोकपि्रयता फेसबुकबाटै जाँच्ने गरिएको छ । प्रत्येक वेवसाइटमा ‘फेसबुक लाइभ’ राख्ने प्रचलन बढेको छ । यसले पनि पुष्टि गर्छ फेसबुक लोकपि्रयताको चुली ।
दुरुपयोगका यी रुप
नवलपरासीकी अनिता भट्टराईले एक दिन स्टाटस लेखिन् ‘आज मैले सडकमा बालक निकै नराम्रो अबस्थामा देखेँ नेपालमा यो अवस्था कहिलेसम्म ‘ स्टाटसमा गिरिजाप्रसाद कोइरालाको नामबाट कमेन्ट आयो ‘के गर्नु नान’ म भइदिएको भए समस्या समाधान गरिदिन्थेँ’ । उहाँको नाममा मजैले एकाउन्ट चलेको छ । केही समयअघि एक शिक्षकले आफ्नै बिद्यार्थीको नामबाट एकाउन्ट खोली अश्लील फोटोहरु राखिदिएर ुम यौन व्यवसायी हुँ सम्पर्क गर्नुस् युवतीको सबै नम्बर घरको लोकेशन राखिदिएर युवतीलाई तनाव दिए ।
एसपी रमेश खरेलको नामबाट प्रुड एकाउन्ट चालु छ । नायिका गरिमा पन्त फेसवुक दुरुपयोगबाट आजित भएर सार्वजनिक नै गरिन् । पछिल्लो समय ई-बैँकिङको समेत दुरुपयोग हुन थाल्ोको समाचारहरु आएका छन् । स्याङजाका भुवन भट्टराई आफ्नो वालमा अर्कैले अश्लील तस्वीर हालिदिने घटनाबाट आजित छन् ।
सामाजिक साजालबाट फाइदा लिनेहरुको जमात पनि ठूलो बन्दै गएको छ । यसबाट दिनप्रतिदिन अपराधका घटना बृद्धि भएका छन् । काठमाडौंमा मात्रै दर्जनबढी यसका फेसवुक अपराधका उजुरी परेका छन् । अर्काको नाममा एकाउन्ट खोलेर चलाउने युवतीको नाममा युवकले एकाउन्ट खोलेर चलाउने केटाहरुसँग प्रेमको नाटक गर्ने घटना थुप्रै भेटिएका छन् । केही समय अघि राजनैतिक दलका नेताहरुप्रति व्यङ्ग्य गरिएका अश्लिल फोटाहरु राख्ने प्रवृत्ति अत्यन्त बढेको थियो ।
फेसबुकबाट अश्लिलता बढेको दुरुपयोग गरेको भन्दै गृह मन्त्रालयले पटक पटक विज्ञप्ति जारी गर्दै त्यस्तो नगर्नसमेत सचेत गरायो । गृहले यस्तै अवस्था जारी रहे फेसबुक नै बन्द गर्ने चेतावनीसमेत दियो । फेसबुकबाट दुरुपयोग बढेको भन्दै पाकिस्तान र बंगलादेशले फेसबुक नै बन्द गरे ।
मालामाल संस्थापक
स्थापनाको ६ बर्षमै फेसवुक सम्भवतः इतिहासमै सबैभन्दा लोकपि्रय सामाजिक साजाल बन्नपगेको छ । ४ फेब्रुअरी २००४ मा शुरु गरिएको फेसबुक अहिले एलेक्सा र्याङ्गकिङमा दोस्रो नम्बरमा रहेको छ । यसबाटै यसका डिजाइनर मालामाल भइसकेका छन् । अमेरिकाको क्यालिफोर्नियाका २६ बर्षीय मार्क जुकरबर्गले कम्युटर इन्जिनियरिङ अध्ययन गर्ने क्रममा फोटो सहितको एउटा सामान्य वेवसाइट बनाएका थिए । १४ मे १९८४ मा न्यूयोर्कमा जन्मेका जुकरबर्ग सम्भवतः सानो उमेरमै आफ्नै पौरखले अर्बपति बन्ने कीर्तिमान पनि राखेका छन् । त्यही फेसवुकले जुकरबर्ग ४-५ बर्षकै अवधिमा विश्वमै सातौँ धनी व्यक्ति बन्न सफल बने । उनलाई टाइम्स पत्रिकाले सबैभन्दा लोकपि्रय व्यक्ति घोषणा गर्यो भने फोव्स्र पत्रिकाद्वारा विश्वका चालिसौँ शक्तिशाली घोषित भए ।
हालैमात्र फेसवुकले आफ्नो कारोबारको बिवरण ५० अर्ब डलर पुगेको जनाएको छ । पालो आल्टो क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको फेसवुकमा १७ सय कर्मचारी कार्यरत छन् । यूरोपका लागि आयरल्याण्डमा एशियाका लागि दक्षिण कोरियामा ओशिनियाका लागि वालिङटन न्यूजिल्याण्ड दक्षिण एशियाका लागि भारतमा यसका कार्यालयहरु रहेका छन् ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top