एलजी पराडा के-२



गएको वर्ष झै एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित स्मार्टफोनको लोकपि्रयता यसवर्ष पनि कायमै रहने देखिन्छ। एलजीका पछिल्ला उत्पादनकै कुरा गरौं। एलजीले पराडा के-२ मोडल बजारमा उतार्दैछ, जसमा एन्ड्रोइड जिन्जरब्रेड अपरेटिङ सिस्टम छ। यसमा १ गिगाहर्जको ड्युल कोर कोर्टेक्स ए-९ प्रोसेसर छ। ४ दशमलव ३ इन्चको क्रिस्टल क्लियर टच स्क्रिन दिइएको छ, पराडामा। जसको 'पिक्चर भ्यु' सफा देखिन्छ। वडी स्क्रिन साइजका कारण यसमा हाइ डेफिनेसन (एचडी) भिडियो र पिक्चर सजिलै हेर्न सकिन्छ। यसको अर्को आकर्षक पक्ष भनेको पावरफूल क्यामेरा हो, जुन यसअघिको एलजी फोनको तुलनामा अब्बल छ। यसमा फ्लास लाइटयुक्त ८ मेगापिक्सेलको क्यामेरा छ। जवालिड लाइटले गर्दा राति अर्थात् अँध्यारोमा पनि भिडियो छायांकन गर्न समस्या पर्दैन। त्यसो त एचडी अडियो भिडियो रेकर्डिङ गर्न पनि पराडा उत्तम छ। यसमा अडियोका लागि एफएम र ३ दशमलव ५ एमएमको हेडफोन र स्पिकर ज्याक दिइएको छ। कनेक्टिभिटीका लागि पराडामा वाइफाइ, व्लुटुथ तथा युएसवी छ। यसको इन्टरनल मेमोरी क्षमता १६ जीवी छ। यसमा माइक्रो एसडी स्लट पनि उपलब्ध छ, जहाँ तपाईंले ३२ जीबीसम्म मेमोरी क्षमता बढाउन सकिन्छ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top