गुगलको नयाँ प्राइभेसी पोलिसी लागू
ईन्टरनेट सेवा प्रदायक कम्पनी गुगलले गोपनियता सम्बन्धि नयाँ नीति लागू गरेको छ । नयाँ नीति अनुसार गुगलको कुनै पनि सेवामा साईन ईन या रजिष्टर गर्दा दिईने जानकारी यु ट्युब, जीमेल, ब्लग लगायत अरु गुगल अन्तर्गतका सेवालाई पनि प्रदान गरिनेछ । 
यस्तो व्यवस्थाले खोजी प्रक्रियामा सजिलो हुने गुगलको दावी छ । अलग अलग सेवाका ६० वटा निर्देशिकालाई एकै ठाउँमा गाभेर संयुक्त नीति बनाइएको गुगलले आफ्नो आधिकारिक ब्लगमा जनाएको छ । नयाँ गोपनीयता नीति उपयोगकर्ताले गुगलको सेवा प्रयोग गरुन्जेल अनुसरण गर्नुपर्नेछ । 
नयाँ नीतिले युरोपेली कानूनको उल्लंघन हुन सक्ने भन्दै युरोपेली युनियनले नयाँ नीति लागू नगर्न गुगललाई चेतावनी दिएको थियो । यस्तै गुगलको नयाँ नीतिको वैधानिकताप्रति प्रश्न उठाउँदै अनलाईन सेवाको नियन्त्रक फ्रान्सेली संस्थाले युरोप भर जाँचको आदेश दिएको बिबिसीले उल्लेख गरेको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top