विद्युतीय हस्ताक्षर नीति छिट्टै कार्यान्वयनमा आउने
लमजुङ, फागुन ११ – सरकारले साईवर अपराध नियन्त्रणका लागि लागु गरेको विद्युतीय हस्ताक्षर नीति छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ । साईवर अपराध नियन्त्रणका लागि विद्युतीय हस्ताक्षर नीति लागु गरिएको एक महिनापछि सरकारले कार्यान्वयनका लागि सर्वपक्षीय छलफल चलाएको हो । 
विज्ञान तथा प्रविधि मन्त्रालय, प्रविधि नियन्त्रणको कार्यालयले बिहीबार लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरेको कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले यसको कार्यान्वयन पक्ष निकै जटिल रहेकाले सरोकारवाला सवैलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । नेपालमा विद्युतीय कारोबार ऐन २०६३ र नियमावली ०६४ जारी भएको ५ बर्षपछि विद्युतीय हस्ताक्षर नीति लागु गरिएको हो । 
 
कार्यक्रममा मन्त्रालयका अधिकारीहरुले विद्युतीय हस्ताक्षरले अनलाइन कारोबारलाई सुरक्षित राख्न, सूचनाको सुरक्षा, बैंकिङ कारोबार अर्थात ई–बैंकिङ, एसएमएस बैंकिङ, रेमिट्यान्स लगायतका विजेनेसलाई क्षण भरमै भरपर्दो माध्यमबाट चलाउन सकिने दावी गरे । 
 
डिजिटल हस्ताक्षर अनलाइन कारोबारलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष संकेत नम्बर हो ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top