आउँदैछ ४१ मेगापिक्सेल क्यामेरा सहितको नोकिया फोन
विश्वकै चर्चित मोबाइल फोन उत्पादक कम्पनी नोकियाले आगामी मे महिना भित्र ४१ मेगापिक्सेल क्यामेरा भएको मोबाइल सार्वजनिक गर्ने घोषणा गरेको छ । स्पेनको बार्सिलोनामा जारी विश्व मोबाइल सम्मेलन (मोबाइल वर्ल्ड कँग्रेस) मा नोकियाले तीन महिना भित्र ‘नोकिया ८०८ प्योर ब्ल्यू’ नामक मोबाइल बजारमा ल्याउने घोषणा गरेको छ ।
पाँच इन्चको डिस्प्ले, थ्रि जी क्षमता, १ गिगाहर्ज ड्युल कोर प्रोसेसर तथा ५ सय १२ एमबी र्याम रहने यो मोबाइलमा 4 × अप्टिकल जुम गर्न सकिन्छ । यसमा १६ जीबी मेमोरी राख्न सकिन्छ ।
मोबाइलको प्रारम्भिक मूल्य ४५० यूरो (झण्डै ४७ हजार नेपाली रुपैयाँ) पर्ने म्यासेबल डट कमले जनाएको छ । नोकियाले यही सम्मेलन मार्फत विन्डोज अपरेटिङ सिस्टममा चल्ने अर्को सस्तो फोन पनि सार्वजनिक गरेको छ ।
बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कँग्रेसमा विश्वका प्रमुख मोबाइल फोन उत्पादक कम्पनी तथा विभिन्न सफ्टवेयर डेभलपर गरी १४ सय कम्पनीहरुको सहभागिता छ । मोबाइल वर्ल्ड कँग्रेस मार्च १ सम्म चल्ने छ । –एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |