अन्तरिक्षमा पनि प्ले ब्वाइ स्टेसन


अन्तरिक्षमा पर्यटकीय यात्रा गराउन अग्रसर भर्जिन गालाक्टिक कम्पनीसँग मिलेर वयस्क म्यागजिन प्ले ब्वाइले त्यहाँ स्टेसन बनाउने योजना अघि सारे को छ। भर्जिन कम्पनीका संस्थापक सर रिचर्ड ब्रान्डसनले केही वर्षअघि प्रतिव्यक्ति २ लाख डलर शुल्क लिएर अन्तरिक्षको पर्यटकीय यात्रा गराउने कार्यक्रम सञ्चालन गरिरहेका छन्। यही कम्पनीसँग मिलेर प्ले ब्वाइले धनाढ्य व्यक्तिहरूलाई लक्षित गरेर अन्तरिक्षमा पनि प्ले ब्वाइ क्लबको स्थापना गर्ने  योजना अघि सारेको हो। अन्तरिक्षमा स्थापना हुने उक्त क्लबमा प्ले ब्वाइले रेस्टुराँ, डान्स क्लब र सेक्स सुइटको समेत स्थापना गर्नेछ। यसका लागि  म्यागजिनले अन्तरिक्षमा स्थापना गर्ने रेस्टुराँ, डान्स क्लब र कोठाहरूको खाका तयार पारेको छ। अहिले सम्म काल्पनिक प्ले ब्वाइ स्टेसन कहिलेसम्म  तयार हुन्छ भन्ने कुरा भने सार्वजनिक भैसकेको छैन।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top