याहूद्वारा फेसबुक बिरुद्ध मुद्दा दायर
आफ्नो वौद्धिक सम्पत्ति तथा स्वामित्व अधिकार उल्लंघन गरेको भन्दै इन्टरनेट सर्च इन्जिन याहूले सामाजिक सञ्जाल फेसबुक विरुद्ध मुद्दा दायर गरेको छ । फेसबुकले आफ्ना १० भन्दा बढी उत्पादनको स्वामित्व अधिकार उल्लंघन गरेको याहूले आरोप लगाएको छ ।

अमेरिकाको एउटा जिल्ला अदालतमा सोमबार दायर मुद्दामा याहूले म्यासेज, न्यूज फिड, विज्ञापन डिस्प्ले, प्राइभेसी कन्ट्रोल लगायतका फिचर आफ्ना भएको उल्लेख गरेको म्यासेबल डट कमले जनाएको छ । फेसबुक व्यापक बन्नुको पछाडी आफ्नो स्वामित्वका उत्पादन र प्रविधिको भूमिका रहेको याहूको दावी छ ।
याहूले फेसबुकमा प्रयोग भएका विभिन्न फिचरको स्वामित्व अधिकार पहिला देखि नै दावी गर्दै आएको न्यू योर्क टाइम्सले जनाएको छ । फेसबुकले लाइसेन्स फि नतिरे अदालतमा मुद्दा दायर गर्ने याहूले यसअघि नै बताएको थियो ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |