लोपोन्मुख भाषा संरक्षणमा फेसबुक र युट्यूब
फागुन ७ – संसारमा लोप हुन लागेका विभिन्न भाषाहरुको फेसबुक र यूट्यूबको सहाराले संरक्षणमा टेवा पुगेको भाषा विज्ञहरुले बताएका छन् ।

अहिले संसारमा झण्डै सात हजार भाषा अस्तित्वमा रहेको र संरक्षण नगरेमा शताब्दीको अन्त्यसम्ममा आधा भन्दा धेरै भाषा लोप हुने उनीहरुले चेतावनी दिएका छन । वैज्ञानिकहरुले डिजिटल प्रविधि भाषा बचाउन निकै सहयोगी रहेको दावी गरेका छन । पछिल्लो समय आफ्नो भाषाका फेसबुक, मोबाईल, यूट्यूब मार्फत भाषा बचाउने अभियान समेत शुरु भएको छ ।

विश्वव्यापीकरणले धेरै भाषा तथा संस्कृतिलाई लोप बनाउँदै लगेको आरोप लगाइएपनि डिजिटल प्रविधिका कारण भाषा संरक्षणमा सहयोग समेत मिलेको बिबिसीले लेखेको छ । ‘लोपोन्मुख ससाना भाषाहरुले पनि आफ्नो अस्तित्व जोगाउन सामाजिक सञ्जाल, युट्यूब तथा टेक्सट् म्यासेजको प्रयोग गरेका छन्’ भाषविज्ञ के डेभिस ह्यारिसनले बिबिसीसँग भनेका छन् ।
अहिले ईन्टरनेट दुनियामा यस्ता धेरै वेबसाइटहरु छन् जहाँ विश्वका लोपोन्मुख भाषामा सामाजिक सञ्जाल चलाउनेहरुको रेकर्ड राखिन्छ ।
तपाईँलाई लाग्छ फेसबुक, ट्वीटर, युट्यूबजस्ता सामाजिक सञ्जालको माध्यमबाट भाषा संरक्षण गर्न सकिन्छ ? कसरी ? तलको कमेन्ट बक्समा आफ्नो बिचार लेख्नुहोस् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |