मोबाइलको प्रयोगसँगै त्यसको ब्याट्रीको पनि रेखदेख गर्नुपर्छ। सबै ब्याट्रीको ब्याकअप लामो हुँदैन। यद्यपि केही टिप्स छन्, जसले मोबाइलको ब्याट्रीको ब्याकअप क्षमता बढाउन मद्दत गर्छन्। मोबाइलमा एलसिडीको उज्यालो सकेसम्म कम गर्नुपर्छ। मोबाइलको डिस्प्ले समय पाँच सेकेन्डभन्दा बढी राख्नु हुँदैन। रिङ अलर्टका लागि भाइब्रेसन अथवा रिङ टोन प्रयोग गर्नुपर्छ। दुवै प्रयोग गर्नु हुँदैन। अनावश्यक टोन र अलर्टहरूलाई डी एक्टिभ गर्नुपर्छ। मोबाइल धेरै चार्ज गर्नु हुँदैन। फूल चार्ज भएपछि झिक्नुपर्छ। ब्याट्रीको ब्याकअप लगभग २० प्रतिशत रहँदा मोबाइल पुनः चार्ज गर्नुपर्छ। मोबाइल किन्दा पाइएको चार्जरले मात्र मोबाइल चार्ज गर्नुपर्छ। मोबाइललाई पूर्ण चार्जविहीन अर्थात् शून्य अवस्थामा राख्नु हुँदैन। फोन गर्दा र तस्बिर लिंदा बढी इन्धन खर्च हुन्छ भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। यसबाहेक नेटवर्क नलाग्ने स्थानमा मोबाइलको स्विचअफ गर्नुपर्छ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top