आवाजले चल्ने टिभी
एलजी इलेक्ट्रोनिक्सको हाइ इन्ड फ्ल्याट प्यानल टिभीमा एक किसिमको रिमोट पाइन्छ, जसमा माइक्रोफोन जडान गरिएको छ। उक्त माइक्रोफोनमा वोलेर टिभीलाई आफ्नो इशराअनुसार चलाउन सकिन्छ। त्यति मात्र कहाँ हो र ? आफूले बोलेको कुरा टेक्समा बदलिन्छ। उक्त टेक्सलाई ट्वीटर वा वेब सर्चमा पनि प्रयोग गर्न सकिन्छ। यसअघि बोलेर टिभी नियन्त्रण गर्न सकिँदैनथ्यो।
एक्स्पोमा सामसुङ इलेक्ट्रोनिक्सले पनि आवाजवाट नियन्त्रित हुने टिभी प्रस्तुत गरेको छ। यसका साथ सामसुङले यस्तो टिभी सार्वजनिक गर्दैछ, जसमा क्यामेरा जडित हुनेछ। उक्त टेलिभिजन सेटले हातको इशारा पनि पालना गर्नेछ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |