फेसबुकमा सौता भेटिएपछि....
श्रीमानले सुटुक्क अर्कै महिलासँग विवाह गरेको फेसबुकमा थाहा पाउँदा श्रीमतीलाई कति पीडा होला ? आफुलाई थाहै नदिई श्रीमानले सुटुक्क अर्को बिहे गरेको एक महिलाले फेसबुकबाटै थाहा पाएकी छिन् ।
सुरुमा त उनले पत्याउनै सकिनन् । तर फेसबुक वालमा भएका अन्य तस्बिर र जानकारी हेरेपछि उनका पति एलन एल ओनिलले नाम परिवर्तन गरेर सन् २००९ मा नै अर्कै महिलासँग विवाह गरेको उनले थाहा पाइन् । पतिले अर्कैसँग विवाह गरेको फेसबुकमार्फत थाहा पाएपछि ति महिलाले दोश्रो विवाह गर्ने पतिविरुद्ध अदालतमा मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
उनले दायर गरेको मुद्दामा उनको एलन एल ओनिलसँग सन् २००१ मा विवाह भएको उल्लेख छ । उनले तत्काल प्रहरीलाई पनि जानकारी दिइन् । उनका श्रीमानले घटनाका बारेमा कतै नभन्न आग्रह गरेको उनले अदालतलाई लेखेको निवेदनमा उल्लेख छ । दोश्रो विवाह गर्ने ४१ वर्षिय पुरुष एलन एल ओनिल कारागारका कर्मचारी हुन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |