नयाँ ढाँचामा ट्वीटर
नया ट्वीटरमा भएका विशेषतालाई यसरी छुट्याउन सकिन्छः
होम
अब ट्वीटरको होमपेजमा भिडियो तथा पूरा न्युज स्टोरी एउटै स्थानमा देख्न सकिन्छ। पहिलेको तुलनामा अब विभिन्न प्रकारका सूचना वा समाचारलाई तीव्र गतिमा हेर्न सकिन्छ।
कनेक्ट
अब ट्वीटर प्रयोगकर्ताका लागि आफ्नो युजर नेमनै सबैभन्दा ठूलो पहिचान बनेको छ। अब प्रयोगकर्ताले आफ्नो ट्वीटसँग जोडिएका सबै कुरालाई सहज रूपमा देख्न सक्छन्। प्रयोगकर्ताको ट्वीटका बारेमा अन्य व्यक्तिले कस्तो प्रकारको प्रतिक्रिया जनाएका छन् ? कसले फलो गरिरहेका छन् ? कसले रिट्वीट गरिरहेको छ ? वा कसले लाइक गरेको छ ? यी सबै कुरा थाहा पाउन सकिन्छ।
डिस्कभर
यसलाई पनि पहिलेभन्दा राम्रो बनाइएको छ। कुनै पनि विषय सर्च गर्दा यसका वारेमा जोडिएका सम्पूर्ण सूचना प्रशस्त रूपमा पाउन सकिन्छ।
प्रोफाइल पेज
यो पेजमा प्रयोगकर्ताले आफ्ना बारेमा उल्लेख गर्न मन लाग्ने जुनसुकै कुरा पनि राम्रो तरिकाले बताउन सक्छन्।
ट्वीट बटन
यही बटनकै सहायताले आफ्ना सन्देश सबैका अगाडि पुर्याउन सकिन्छ। यसको सहायताले आफ्नो मोबाइल वा डेस्कटप कम्प्युटरको सहायताले भिडियो तथा न्युज स्टोरी लिंक गर्न सकिन्छ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |